उपनिर्वाचनको परिणामले एमालेको लोकप्रियता अझ बढेको पुष्टि भयो : वरिष्ठ उपाध्यक्ष पोखरेल

उपनिर्वाचनको परिणामले एमालेको लोकप्रियता अझ बढेको पुष्टि भयो : वरिष्ठ उपाध्यक्ष पोखरेल
सुन्नुहोस्

वीरगन्ज : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल देशमा एमालेको लोकप्रियता अझ बढ्दै गएको दाबी गरेका छन्। सोमबार वीरगन्जमा नेकपा एमाले पर्सा जिल्लाको नवौं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले ईलाम र बझाङमा अहिलेको भएको उपनिर्वाचनको परिणामले एमालेको लोकप्रियता अझै बढ्दै गएको पुष्टि गरेको बताएका हुन्।

दुई जिल्लामा भएको उपनिर्वाचनको परिणामले देशमा एमालेको बहुमत ल्याउन जनता नै आतुर रहेको तथ्यलाई प्रमाणित गरिसकेकोपनि उनले बताए। पूर्व उपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले राष्ट्रिय राजनीतिमा एमालेको वर्चश्व हाबी हुँदै गएको बताए। 

अहिले मुलुकमा विद्यमान राजनीतिक अस्थिरता र दुरदशाको अन्त्य गर्न अबको निर्वाचनमा कुनै न कुनै दलको एकल बहुमत हुनैपर्ने आवश्यकता देखिएको बताउँदै उनले त्यो बहुमत एमालेले नै ल्याउने जिकिर पनि गरे। पोखरेलले भने,‘किनकि जनताले कांग्रेस, माओवादी र नयाँ नक्कलेहरुलाई हेरिसके। उनीहरुबाट देशको भलो हुनै सक्दैन। त्यसका कारण अब जनताले एमालेको बहुमतको सरकार चाहेका छन्।’

देशको विकास र आर्थिक सम्बृद्धि एमालेबाट मात्र सम्भव भएको उनले बताए। देशका सात वटै प्रदेशमा औद्योगिक क्षेत्र र ७५३ वटै पालिकामा औद्योगिक ग्राम स्थापना गर्नुपर्ने मान्यता एमालेको रहेको उनले बताए। यसले रोजगारीको सृजना गर्ने र युवाहरुको विदेश पलायन रोकिने अनि मुलुक समृद्ध र सुखी  हुने उनले बताए। 

उनले देशैभर एमालेको संगठन बलियो भएन भने जनताको चाहना पूरा हुन नसक्ने भएकाले पर्सामापनि एमालेलाई पहिलो पार्टी  बनाउने गरी संगठन निर्माणमा एकजुट भएर लाग्न जिल्लाका नेता कार्यकर्ताहरुलाई निर्देशनपनि दिए। 

पर्सा अध्यक्षका लागि तीन जना आकांक्षी : शर्मा, थारु र पटेल

यसैबीच अधिवेशनको बन्दसत्र भने मंगलबारदेखि सुरु हुने भएको छ। क्लासिक बैंक्वेटमा बिहानदेखि बन्दसत्र सुरु हुने र बन्द सत्रपछि जिल्लाको नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अगाडि बढ्ने महानगर सचिव सुन्दर कुर्मीले जानकारी दिए। बन्दसत्रमा जिल्लाका १४ वटैपालिकाबाट गरी ५ सय ८५ जना प्रतिनिधी सहभागी हुनेछ। 

पर्सामा एमालेको नयाँ नेतृत्वको लागि अहिलेसम्म तीन जना आकांक्षी देखिएका छन्। अध्यक्षमा अहिलेका जिल्ला संयोजक डाक्टर विश्वम्भर शर्मा, संविधानसभा सदस्य जयप्रकाश थारु र पार्टीका मधेस प्रदेश सदस्य शीव पटेल आकांक्षी छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.