विदेशी शक्तिहरू लागेर मधेसमा धर्मको नाममा द्वन्द्व सृजना गर्न खोजिदैछ : अमरेश सिंह

विदेशी शक्तिहरू लागेर मधेसमा धर्मको नाममा द्वन्द्व सृजना गर्न खोजिदैछ : अमरेश सिंह
वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा सांसद अमरेश कुमार सिंह । तस्बिर : क्रान्ति शाह
सुन्नुहोस्

वीरगन्ज : प्रतिनिधिसभा सदस्य (सांसद) अमरेश कुमार सिंहले यो संविधान समाप्त भएको खण्डमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्'ड जेल जाने ठोकुवा गरेका छन् ।  सोमबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा सांसद यादवले नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डमाथि द्वन्द्धकालका ३ सय बढी मुद्धा रहेको बताउँदै यदि संविधान समाप्त भएमा प्रचण्ड जेल जाने ठोकुवा गरेका हुन् । 

विदेशी शक्तिहरूको इशारा र निर्देशनमा अहिले नेपालको संविधानमाथि प्रहार भइरहेको सांसद सिंहले बताए । संविधानका मुख्य चारवटै आधारस्तम्भ धर्मनिरपेक्षा,गणतन्त्र,संघीयता र समावेशीतामाथि प्रहार भइरहेको उनले बताए।  धर्मनिरपेक्षता माथि विदेशीहरूको इशारामा हिन्दुवादीबाट,गणतन्त्रमाथि पूर्वराजा र राजवादीबाट तथा संघीयता र समावेशीतामाथि दल र सरकारबाट प्रहार भइरहेको उनले बताए । 

उनले भने,‘त्यसको जीता जागता (ज्वलन्त) उदाहरण मधेसमै अहिले देखिइरहेको छ । केहि समययता वीरगन्जसहित मधेसका विभिन्न शहरमा निरन्तर धर्मका नाममा अराजक जुलुश र र्‍यालीहरु निकालिदैछ । यसले नै प्रष्ट हुन्छ । विदेशी शक्तिहरू लागेर मधेसमा धर्मको नाममा द्वन्द्व सृजना गर्न खोजिरहेको सांसद सिंहले बताए ।त्यसकारण संविधान अहिले संकटमा परेको उनको बुझाइ छ । 

उनले प्रधानमन्त्री कार्यालय प्रधानमन्त्री प्रचण्डका आसेपासको पूर्ण कब्जामा रहेको आरोपपनि लगाए । उनले भने,‘पैसा उठाउन,गैर कानुनी काम गर्नका लागि प्रधानमन्त्री कार्यालयमा छोरी,बुहारी,भाइ,भतिजाहरट्ठलाई नियुक्ति गरेर राखिएको छ। यो पनि एउटा अपराध नै हो।’

नेपालको राजनीतिमा अहिले परिवारिककरण,व्यपारीकरण र भ्रष्टिकरण हाबी भएको भन्दै उनले राजनीति सेवा भावका रुपमा नभइ व्यापारका रुपमा फस्टाएको टिप्पणी गरे । उनले नेपालमा विदेशी दलालीकरण पनि बढेको बताए । 

देश अहिले २० जना बिचौलीयाहरूले मात्रै चलाइरहेका कारण मुलुकको अर्थतन्त्र धराशायी अवस्थामा पुगेको उनले बताए । उनले भने,‘अहिले साधरण खर्चपनि विदेशी ऋण मागेर भइरहेको छ । जब साधरण खर्च नै विदेशी ऋणमा चलिरहेको छ  भने यत्तिले नै पुष्टि हुन्छ कि देशको अर्थतन्त्र कति जर्जर अवस्थामा पुगेको छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.