बझाङमा एकीकृत समाजवादी विजयी भएको वडामा एमाले अगाडि

बझाङमा एकीकृत समाजवादी विजयी भएको वडामा एमाले अगाडि
सुन्नुहोस्

बझाङ : बझाङ उपनिर्वाचनको मतगणना जारी छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाबाट मत गणना सुरु गरिएको थियो। अहिलेसम्म ४ वटा वडाको मतगणना सकिएको छ।

वडा नम्बर ४ मा एमालेले अग्रता बनाउँदा कांग्रेस तेस्रो स्थानमा छ। यहाँ एमालेलाई नेकपा एकीकृत समाजवादीले पछ्याएको छ। स्थानीय तहमा यो वडामा नेकपा एसका उम्मेदवार विजयी भएका थिए। ३३८ मत ल्याएर नेकपा एकीकृत समाजवादीका अमरराज थापा विजयी हुँदा एमालेका हिक्मतबहादुर थापाले २९६ मत पाएका थिए।

अहिले वडाध्यक्ष विजयी भएको वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले १४० मतमात्रै पाएका छन्। यहाँ एमालेका उम्मेदवार दमन भण्डारीले २१२ मत पाएका छन्। यो वडामा कांग्रेस तेस्रो देखिएको छ। कांग्रेस उम्मेदवार अभिषेक सिंहले ८० मत पाएका छन्। माओवादीका जनक बुढाले ७४ मत पाउँदा राप्रपाका किशोर खड्काले २ मत पाएका छन्।

अहिलेसम्म एमालेले अग्रता दोब्बर बनाएको छ। एमाले उम्मेदवार भण्डारीले १ हजार ३०२ मत पाउँदा कांग्रेस उम्मेदवार सिंहले ६५६ मत पाएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.