बझाङमा मतपरिणाम : एमालेका भण्डारीको अग्रता,पछ्याउँदै कांग्रेस

बझाङमा मतपरिणाम : एमालेका भण्डारीको अग्रता,पछ्याउँदै कांग्रेस
सुन्नुहोस्

बझाङ : बझाङमा उपनिर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। यहाँ नेकपा एमालेका दमन भण्डारीले अग्रता लिएका छन्। उनले १५७ मत पाउँदा नेपाली कांग्रेसका अविशेक सिंहले १३२ मत प्राप्त गरेका छन्।

यसैगरी समाजवादीका दिलबहादुर सिंहले ५१ मत प्राप्त गरी तेस्रो स्थानमा छन्। नेकपा माओवादी केन्द्रका जनक बुढाले ४७ मत ल्याउँदा राप्रपाका किशोर खड्काले ३ मत प्राप्त गरेका छन्।

जिल्लाको छबिसपाथिभरा गाउँपालिका वडा नम्बर २ को मतगणना सकिएको हो। यहाँ ४०३ मत गणना हुँदा १२ मत बदर भएका हुन्। बझाङ प्रदेशसभा- १ मा शनिबार सम्पन्न उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो। 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दमनबहादुर भण्डारी,नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह,नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट जनकबहादुर बुढा,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्का, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट दिलबहादुर सिंह प्रतिस्पर्धामा छन्।

नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही, जनमत पार्टीबाट सुशीलादेवी विष्ट, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, जनता समाजवादी पार्टीबाट रामबहादुर खड्का, नेसनल रिपब्लिकन नेपालबाट कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा उम्मेदवार छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.