पर्साको हरिहरपुरमा आगलागीबाट पाँच घर जले

पर्साको हरिहरपुरमा आगलागीबाट पाँच घर जले
सुन्नुहोस्

वीरगन्ज : पर्साको धोबिनी गाँउपालिका-३ हरिहरपुरमा बुधबार दिउँसो आगलागी हुदाँ पाँच वटा घर जलेर नष्ट भएका छन्। 

बुधबार दिउँसो स्थानीय योगेन्द्र साहको घरबाट सुरु भएको आलागी छिमेकका भरत साह कानु, हरिन्द्र साह कानु, लक्ष्मी साह कानु र सेठ साह कानुको घरमापनि सल्किएको थियो। आगलागीबाट पाँचै जनाको घर र घरभित्र रहेका सरसामान जलेर नष्ट भएको स्थानीय राजनकुमार बानियाले जानकारी दिए।

आगलागीबाट पाँच वटा घर जलेर नष्ट भएपनि मानवीय क्षति भने नभएको ईलाका प्रहरी कार्यालय लंगडीका प्रहरी नायब निरीक्षक तेजेन्द्र बिसीले जानकारी दिए। आगलागीको कारण भने अहिलेसम्म खुल्न नसकेको उनले बताए । आलागीबाट भएको धनमालको क्षतिको विवरण संकलन भइरहेको उनले बताए। 

हरिहरपुरमा भएको आलागी पोखरियाबाट गएको वारुण यन्त्रको सहयोगमा प्रहरी र स्थानीयबासी मिलेर निभाएको जानकारीपनि उनले दिए। यसअघि गत चैत २७ गतेपनि धोबिनी गाँउपालिका वडा नम्बर ३ मै पर्ने गुलरीया गाँउमापनि आगलागी हुदाँ चार वटा फुसको घर जलेर नष्ट भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.