बझाङमा उपनिर्वाचनको तयारी अन्तिम चरणमा, मतदानस्थल हिँडे कर्मचारी

बझाङमा उपनिर्वाचनको तयारी अन्तिम चरणमा, मतदानस्थल हिँडे कर्मचारी
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

बझाङ : बझाङमा उपनिर्वाचनका लागि खटाइएका कर्मचारीलाई नियुक्ति पत्र र मतदान सामग्री बुझाएर मतदानस्थलतर्फ खटाइएको छ । निर्वाचन आयोगले मतदानका लागि मतदान अधिकृत,सहायक मतदान अधिकृत, मतदान कर्मचारी र सहायक कर्मचारीले नियुक्ति पत्रसँगै निर्वाचन खर्च र सामग्री बुझाएर सुरक्षाकर्मीसहित मतदान केन्द्र र मतदान स्थलमा पठाएको हो।

आगामी वैशाख १५ गते हुने बझाङ प्रदेशसभाको उपनिर्वाचनका लागि १२ सयको संख्यामा प्रहरी परिचालन गरिएको हो । प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले निर्वाचन लक्षित सुरक्षा योजना तयार गरी उक्त संख्यामा प्रहरी परिचालन गरिएको जानकारी दिए । 

निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर सो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो । म्यादी प्रहरीको प्रयोग नहुने भएकाले दुई सङ्गठनका प्रहरी निर्वाचनमा प्रयोग हुने कुइँकेलले बताए । उपनिर्वाचनलाई शान्त र भयरहित वातावरणमा सम्पन्न गर्न  निर्वाचन क्षेत्रभित्र रहेका मतदान केन्द्रलाई संवेदनशीलताको आधारमा वर्गीकरण गरेर सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कुइँकेलको भनाइ छ ।

बझाङ जिल्लाभरमा ९३ मतदान केन्द्र र ७४ मतदान स्थल रहेका छन् । जिल्ला निर्वाचन कार्यलयले मतदान केन्द्रमा खटिने कर्मचारीहरूलाई मतदान केन्द्रमा खटाएर आज नै प्रहरीहरू समेत परिचालन गरिएको जनाइएको छ । जिल्ला निर्वाचन कार्यालयले भने आज कर्मचारीहरूलाई सम्बन्धित मतदान केन्द्रमा खटाइएको छ । 

जिल्ला निर्वाचन कार्यालय बझाङका निर्वाचन अधिकृत मानबहादुर धामीका अनुसार सोमबार नै साइपाल गाउँपालिका अन्र्तगतका ५ वटा मतदान केन्द्रमा खटिने मतदान अधिकृतसहति कर्मचारी र सुरक्षाकर्मी पठाइ सकिएको भए पनि अन्य पालिकाका लागि भने आज अधिकृतसहति कर्मचारी र सुरक्षाकर्मी पठाएको बताए । 

आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा सातजना कर्मचारी रहने गरी कर्मचारीको प्रबन्ध मिलाएको छ । उपनिर्वाचनका लागि बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएका छन्।

मतदान केन्द्र अनुसार बझाङमा ६५१ जनशक्ति परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रत्येक केन्द्रमा एक/एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा पाँचजना सहयोगी कर्मचारी खटाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.