मिलनको प्राथमिकतामा पहिचान र विकास

मिलनको प्राथमिकतामा पहिचान र विकास
सुन्नुहोस्

चुलाचुली : इलाम- २ उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बु संघीयता बलियो बनाउने भए स्थानीय सरकार अझ अधिकार सम्पन्न बननाउँपर्ने बताउँछन्। चुनावी अभियानमा इलामको चुरे क्षेत्र चुलाचुलीमा भेटिएका उनले स्थानीय सरकार अधिकार सम्पन्न बनाएर सेवा प्रभावकारी बनाउन आफूले संसद प्रवेश गरेर काम गर्ने बताएका हुन्। 

पार्टीले संघीयता बलियो बनाउने हो भने प्रदेश संरचना पुनर्संरचना गर्नुपर्ने बताए।‘प्रदेशलाई माथिबाट संघको फोटोकपी जस्तो बनाइएको छ। यसले कामै नलाग्ने संरचना बनाएको छ। काम गर्न योग्य र मिल्ने संरचना बनाउनुपर्छ।’ 

उनले  स्थानीय जनताको आवश्यकताको मर्म बुझेर काम गर्ने बाचा नागरिक माझ गरेको सुनाए। उनले इलाम कृषिको उर्वर भूमि भएको बताउँदै उत्पादन र बजारीकरणमा काम गर्ने बताए। पर्यटन, शिक्षा, स्वास्थ्य आफ्नो प्राथमिकतामा पर्ने मिलनले बताए। 

निर्वाचनको समयमा निक्कै चर्चामा रहेको पहिचानको विषयमा उनले भने ‘पहिचानको विषय सिङ्गो देशले नै न्यारेटिभको रूपमा सोच्नुपर्छ। पहिचान के लाई भन्ने र यसलाई कसरी सम्बोधन गरेर जाने भन्ने कुरा समस्या कसरी समाधान गर्ने यो विषय सामान्य हैन गहिराइमा पुगेर मज्जाले चिन्तन मनन् गर्नुपर्छ।’

उनले कुनै पनि दलले पहिचानको विरोध नगर्ने दाबी गरे। उनले भने ‘तथापी पहिचानलाई साघुँरो घेराबाट लैजाने कि फराकिलो मैदानमा लैजाने भन्ने सन्दर्भ छ। पहिचानको विषयमा कसैले विमति राख्छ भने यो देशको संविधान मुल कानुन र यहाँको वस्तुगत अवस्था सामाजिक राजनीतिक अन्य परिवेश बुझ्दैन भन्ने निष्कर्ष रहन्छ। मलाई लाग्छ कुनै पनि दल यहाँ पहिचानको विरोध गर्दैन।’  

पहिचान अस्तित्वहरू स्वीकार गर्ने एउटा माध्यम भएको उनको भनाई छ। ‘एकले अर्काको अस्तित्व स्वीकार गर्नु भनेकै पहिचान हो’ उनले भने।

null

रास्वपाले कहिले पनि पहिचानको विरोधमा नबोलेको उनले दाबी गरे। पहिचानको विषयमा नबोल्नु भनेको स्वीकार गरेको उनको तर्क छ। उनी भन्छन् ‘बेठिक लागेको भए त ठिक भएन भनेर बोल्ने थियो होला नि। त्यसकारण रास्वपाले सबैको अस्तित्व स्वीकार गरेर जानुपर्छ भन्छ। जलेश्वर प्रस्तावनाले यहाँको सनातन सभ्यता हाम्रो पहिचान हो यसको संरक्षण र सम्वर्द्धन गरेर जानुपर्छ भनेको छ।’ 

लिम्बुले रास्वपा मिसन ०८४ मा रहेको बताए। ०८४ को निर्वाचन अघिसम्म रास्वपाले जनताको पक्षमा गर्ने कामले आगामी निर्वाचनमा प्रभाव पार्ने उनले बताए। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.