मानवीय असावधानीले आगलागीका घटना बढ्दै

मानवीय असावधानीले आगलागीका घटना बढ्दै
सुन्नुहोस्

परासी : मानवीय असावधानीका कारण नवलपरासी जिल्लामा आगलागीका घटना बढेको देखिएको छ। चैत र वैशाख महिनामा मात्र २५ वटा आगलागीका घटना भएका छन्। घटनामा ३० वटा घर जलेका छन्। जसमा १७ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीको तथ्यांकले देखाएको छ। 

ति घटनामा ७ वटा गोठ जलेका छन् भने ११ वटा चौपाया मरेका छन्। ३ बिगाहाभन्दा बढी क्षेत्रमा लगाइएको गहुँबाली जलेर नष्ट भएको छ। जसमा सबैभन्दा बढी मानिसले सामान्य ख्याल नपुर्‍याउँदा आगलागीका घटना भएको प्रहरीको तथ्यांकमा उल्लेख छ। 

एक सातामा मात्र ११ वटा आगलागीका घटना भएका छन्। ति घटनाबाट १७ घर र ३ वटा गोठ जलेका छन्। ८ वटा चौपायाा मरेका छन्। ति घटनामध्ये सबैभन्दा बढी हुरी लागेको बेला खाना बनाउँदा आगो उडेर १२ वटा घर जलेका छन्। एक्कासि गोठबाट सल्केको आगोले ३ वटा घर जलेका छन्। 

रुपन्देही जिल्लाको गहुँ खेतमा लागेको आगो सल्कँदै आउँदा २ वटा घर जलेको प्रहरीको तथ्यांकमा उल्लेख छ। त्यस्तै चैत महिनामा १४ घटना भएका छन्। घटनाबाट १४ घर र ४ वटा गोठ जलेका छन् भने ३ वटा चौपाया मरेका छन्। ति घटनामध्ये खाना पकाएको चुलोमा रहेको आगो ननिभाउँदा ३ घर जलेका छन्। खाना बनाउने क्रममा २ वटा घर जलेका छन्। लामखुट्टे भगाउनका लागि गोठमा बालेको आगो सल्कँदा १ वटा घर जलेको छ। 

अचानक सल्केको आगोले ४ घर र चिनी पकाउँदै गर्दा भाडामा आगो सल्किँदा १ घरमा आगलागी भएको छ। त्यस्तै बिजुली सर्ट हुँदा ३ घरमा आगलागी भएको छ। गर्मीको समयमा चलेको हुरी बतासलाई ख्याल नगरी घरका पिँढीमा खाना बनाउने, खाना बनाई सकेपछि आगो ननिभाउने, लामखुट्टे धपाउनका लागि गुइँठा बालेर छाड्ने प्रवृत्तिले आगलागीका घटना हुने गरेको देखिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी इन्स्पेक्टर सुदर्शन पन्थीले बताए। 

त्यसैगरी गहुँबाली काटिसकेपछि नलमा आगो लगाउने कारणले पनि आगलागीका घटना बढी हुने गरेको प्रहरीले जनाएको छ। यसैबीच मानवीय असावधानीका कारण आगलागीका घटना बढ्दै गएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर सचेतनाका कार्यक्रमलाई जोड दिन स्थानीय सरोकारवालाहरूलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.