धनुषामा मोटरसाइकल दुर्घटना, सञ्चारकर्मी यादवको मृत्यु

धनुषामा मोटरसाइकल दुर्घटना, सञ्चारकर्मी यादवको मृत्यु
सुन्नुहोस्

ढल्केवर(धनुषा) : धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मिथिला नगरपालिका ६ ढल्केवरस्थित जनकपुर-ढल्केवर सडकखण्डमा अनियन्त्रित भएर सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा रेडियो धनुषाधामका सञ्चालक समेत रहेका धनुषाधाम नगरपालिका ५ का विनय कुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

गएराति ढल्केवरबाट जनकपुरतर्फ जाने क्रममा पत्रकार यादव आफैंले चलाएको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा बिहान करिब ६ बजे मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवाले बताए।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार उनका छिमेकी ३० वर्षीय लक्ष्मी नारायण यादव घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहको प्रहरी नायव उपरीक्षक अवाले बताए।

मृतक सञ्चारकर्मी यादवको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.