मनि ट्रान्सफरका सञ्चालकसहित दुई पक्राउ

मनि ट्रान्सफरका सञ्चालकसहित दुई पक्राउ
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जबाट प्रहरीले हुण्डीको २२ लाखभन्दा बढी रकमसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज-१० आदर्शनगरस्थित माँ जगदम्बा मनि ट्रान्सफरका सञ्चालक पर्साको विन्दवासिनी गाउँपालिका-३ का ४३ वर्षीय अजय साह र बाराको कलैया उपमहानगरपालिका-२३ का ३८ वर्षीय अर्जुन राउत कुर्मी रहेका छन्।

वीरगन्ज १० आदर्शनगरस्थित रुंगटा मलभित्र रहेको माँ जगदम्बा मनि ट्रान्सफरबाट गत शुक्रबार दिउँसो अढाइ बजेतिर वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटी नेतृत्वको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट श्रोत नखुलेको १ हजार दरको नोट १ हजार ९ सय ५५ थान,।५ सय दरको नोट ५ सय थान र एक सय दरका नोट ७ थान गरी २२ २ लाख ५ हजार ७ सय रुपैयाँ बरामद गरिएको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।

दुवै जनाविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसुरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.