झापामा छुट्टाछुट्टै घटनामा परी दुई बालबालिकाको मृत्यु

झापामा छुट्टाछुट्टै घटनामा परी दुई बालबालिकाको मृत्यु
सुन्नुहोस्

झापा : झापामा छुट्टाछुट्टै घटनामा परी दुई बालबालिकाको मृत्यु भएको छ । बिर्तामोडमा कारको ठक्करबाट मेचीनगर नगरपालिका–१२ निवासी गोपाल रोकाका ११ वर्षीय छोरा सन्तोष रोकाको मृत्यु भएको छ । 

शनिबार राति साढे १० बजेको समयमा बिर्तामोडको मुक्तिचोकमा चारपानेबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र– १–००१–००२ च ०१९० नम्बरको कारले पैदल यात्री बालक रोकालाई ठक्कर दिएको थियो । 

टाउको र दुवै हात खुट्टामा चोट लागेर गम्भीर घाइते भएका बालकको उपचारको क्रममा बीएण्डसी हस्पिटलमा  बिहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनापछि कार चालक मेचीनगर– १ निवासी २६ वर्षीय रोनस परियारलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ । 

त्यस्तै, शिवसताक्षी नगरपालिका– ७ स्थितमा कनकाई सिचाई आयोजनाको नहरमा डुबेर स्थानीय राजवीर ऋषिदेवको १४ वर्षीया छोरी सन्जु ऋषिदेवको मृत्यु भएको छ । शनिबार दिउँसो ३ बजेको समयमा नहरमा नुहाउन गएकी बालिका अपराह्न ४ बजे नहरमा डुबेको अवस्थामा मृत फेला परेको थियो । 

स्थानीयले घटनाबारे जानकारी गराउन साथ इलाका प्रहरी कार्यालय शिवगञ्ज र इलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरी टोली घटनास्थल पुगेका थिए । कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमको लागी दमक अस्पताल पठाएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.