पञ्चतत्त्वका कथा

कविता

पञ्चतत्त्वका कथा
सुन्नुहोस्

अलिकति आकाश, 

अलिकति हावा
अलिकति आगो
पानी र माटो।

मात्रामा १९–२० को फरक होला
तर के पञ्चतत्त्वकै सिर्जना होइनन् समग्रमा 
सृष्टि, स्थिति र प्रलयका कथा ?

कुन चाहिँ माइकालाल भन्न सक्छ,
आणविक परीक्षणका बेला
लस अलामोसमाथि देखिएको
वामनावतार सदृश मसरुम क्लाउड 
पञ्चतत्त्वको सिर्जना होइन भनेर ?
अनि सोही दृश्यपश्चात् पञ्चतत्त्व सन्तुलन बिग्रँदा
ओ जे ओपनहाइमरले सन्तुलन गुमाएको होइन भनेर ?

पञ्चतत्त्वकै सिर्जना होइनन् ?
इनोला गे, लिटल ब्याय र फ्याट म्यान
जसले पञ्चतत्त्वका दुई सुन्दर सिर्जना
हिरोसिमा र नागासाकी सखाप पारे।

पञ्चतत्त्वकै सिर्जना होइनन् ?
भक्तका वीर, रामका अनन्य सेवक हनुमान
जसले पञ्चतत्त्वमय अशोक बाटिका सखाप पारे ?

पञ्चतत्त्वकै सिर्जना होइन
त्यो मित्सुबिसी पजेरो
जो पञ्चतत्त्वनिर्मित दुई प्रसिद्ध शरीरसहित
त्रिशूलीमा खसेर रहस्यको गर्भमा भेटियो ?

पञ्चतत्त्वकै सिर्जना होइनन्
दिल्ली, ब्रसेल्स, बकिंहम अनि वासिंटन दरबार 
जसको निर्देशनमा यो पञ्चतत्त्वले बनेको भूस्वर्ग
भीरतिर अग्रगामी पाइला चाल्दैछ
पञ्चतत्त्वको पञ्चतत्त्वसँगको बैर
साँच्चै बुझिनसक्नु छैन त ?     

के पञ्चतत्त्वले बनेको होइन
आगो ओकल्ने बन्दुक ?
खाली मात्राको फरक न हो
भरुवा बन्दुक त पड्किन्छ यदाकदा
जिम्दार बाका छोरानातिको बिहेमा 
इन्सास एनफिल्ड त पड्किन्छ
युद्धकालमा ब्याडलक खराब नभएको बेला
नारायणहिटीमा अत्याधुनिक बन्दुक
हलचल हुनु कुन आश्चर्य भो ?
कि कसो पञ्चतत्त्वातीत, इन्द्रियातीत प्रभु ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.