रातु नदी सभ्यता संरक्षणको सबाल सर्वोच्च अदालतमा

रातु खोला उत्खनन प्रकरण

रातु नदी सभ्यता संरक्षणको सबाल सर्वोच्च अदालतमा
रातु खोलामा ठूला यन्त्र प्रयोग गरेर गरिएको अवैध उत्खनन । तस्बिर : राजकरण महतो
सुन्नुहोस्

काठमाडौं : १२ हजार वर्ष पुरानो इतिहास बोकेको छ महोत्तरीको रातु नदी सभ्यताले। तर, अढाई दशकदेखि नदीको तीव्र दोहन हुँदै आएको छ। त्यसले नदी वरिपरिका २५ हजार बिघा उब्जाउ भूमि मरुभूमिमा परिणत भएको छ। यसकै कारण ३५ बस्तीका ७५ हजार स्थानीयले अन्न र पिउने पानीको हाहाकार भोगिरहेका छन्।

मानव जीवन नै संकटमा परेपछि कानुनी उपचारका लागि फागुन १७ गते स्थानीयहरूले सर्वोच्च अदालतमा रिट हाले। त्यो रिटमाथि वैशाख १८ गते सुनुवाइका लागि पेसी तोकेको छ। 

मापदण्ड एकातिर, काम अर्कोतिर

चालु आर्थिक वर्षका लागि बर्दिबास नगरपालिकाले ६ करोड ४३ लाख रुपैयाँमा रातु खोला उत्खननका लागि ठेक्काको बन्दोबस्ती गरेको थियो। नदीको दुवै किनाराबाट ५०–५० मिटर छाडेर त्यसको बीचबाट तीन फिट गहिराइ गरी करिब २ लाख ९४ हजार घन मिटर नदीजन्य पदार्थ उत्खनन गर्न ठेक्का लगाइएको थियो।

रातु खोलाको चार खण्डलाई विभाजन गरी उत्खननका लागि ठेक्का लगाएको थियो। देव विष्णु कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि र राजेश एन्ड ब्रदर्स निर्माण तथा सप्लायर्स प्रालि दोलखाले ठेक्का लिएको थियो। तर, ठेकेदारले मापदण्डविपरीत काम गर्दै नदी दोहन गरेको रिटमा उल्लेख छ। ९ फिटसम्म खोला खनेको, खोलाको किनारमा लगाएको तटबन्ध नजिकैबाट खोला उत्खनन गरेको, खोलामा उत्खननमा प्रतिबन्धित स्काभेटर लगाएको, उत्खनन गरिएको नदीजन्य पदार्थको घाँटगद्दी नगरेको जस्ता कयौं मापदण्डविपरीतको काम ठेकेदारले गरेको रिटमा उल्लेख छ।

रिट निवेदक शंकर महतोका अनुसार अव्यवस्थित र अवैज्ञानिक नदी उत्खननले पानीको मूल सुकेर खानेपानीको हाहाकार भएको छ। नदी गहिरो भएर खेतमा सिँचाइ हुन नसक्दा कृषियोग्य जग्गाहरू मरुभूमीकरण बन्दै गएका छन्। 

उनले भने, ‘उत्खननबाट नदीमा बन्ने अस्वाभाविक गहिराइको कारण वर्षायामको बाढीले बहाव फेर्दा चुरे क्षेत्रको कटानले हजारौं बिघा कृषियोग्य जग्गा डुवान र कटानमा पर्दै आएकाले न्यायका लागि अदालत गुहार बाध्य भइयो।’

रातु खोलाको जोखिममा ७५ हजार स्थानीय

खोला उत्खननका रोक लगाइएको छ। तर, खोलाको किनार र खोलाको नदी उकास बगरबाट १५ फिट खाल्टो बनाएर नदीजन्य पदार्थ उत्खनन भइरहेको छ। रातु नदी सभ्यता नष्ट हुँदै गएपछि अन्न र पानी संकट गहिरिँदै छ। १ सय ८ खहरे र खेल्सा मिलेर नदी बनेको खोला नदी नै सुकेको छ। रातुको पानीले जीवन चलाउने ८ स्थानीय तहका ३५ गाउँमा बस्ने ७५ हजार नागरिकको अवस्था काकाकुल बनेको छ। लाखौं जनता यसबाट प्रभावित छन्। nullरातु खोलाको दोहनबाट पीडत भएका भंगहाको थारुटोल बनरा

एक अध्ययनका अनुुसार हिउँमा खडेरी र वर्षामा बाढीले नागरिक प्रताडित छन्। हालसम्म २५ हजार बिघा जमिन कटान भइसक्यो। तर, दोहन रोकिएको छैन। त्यसैले रातु नदी संरक्षण गर्न स्थानीयहरू चन्दा संकलन गरेर न्यायका लागि जुटेका छन्। 

२०७० को दशकमा रातुसहितका नदीमा ठूलठूला बाढी आएको जिल्ला प्रशासन कार्यालय महोत्तरीको तथ्यांकले देखाएको छ। २०७३, २०७४, २०७५ मा लगातार तीन वर्ष आएको बाढीले राजमार्गको पुलसमेत बगाएको थियो। यस अवधिमा यहाँ २० जनाले बाढीजन्य प्रकोपमा ज्यान गुमाए। तथ्यांकले भन्छ, ‘१ लाख ४६ हजार २ मानिस बाढीबाट प्रत्यक्ष प्रभावित भए। जसको घर बाढीले बगायो, भत्कियो, क्षति पुर्‍यायो।’ 

२५ वर्षदेखि जारी रातु नदी दोहन रोक्नका लागि स्थानीय राजनीतिक दल, चुरे संरक्षण अभियन्ता, नागरिक समाजले अभियान नै चलाइरहेका छन्।  बर्दिबास नगरपालिका, जिल्ला समन्वय समिति जलेश्वर महोत्तरी लगायतका सरोकारवालाले खोला दोहन रोक्न तदारुकता नदेखाएपछि न्यायका लागि अदालत आएको बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था बर्दिबासका कोषाध्यक्ष शंकर फुँयालले बताए। उनले भने, ‘सर्वोच्च अदालतले हामीलाई लाखौं जनतालाई न्याय दिन्छ भन्ने आशा छ।’nullकाठमाडौंको राष्ट्रिय संग्रालयमा प्रदर्शनमा राखिएको रातु खोला नदी सभ्यता अन्तर्गत को १० हजार बर्ष पुरानो ढुंगा । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.