नवीकरण नगराएका हतियार खोज्दै प्रहरी

नवीकरण नगराएका हतियार खोज्दै प्रहरी
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

परासी : जिल्ला प्रशासन कार्यालय नवलपरासीले अनुमति (इजाजत) लिएर राखेका हातहतियारको खोजी गर्न थालेको छ । अनुमति लिएका तर,लामो समयसम्म पनि नवीकरण नगराएका हतियारको खोजी गर्न थालिएको हो । 

प्रशासनले सूचना नै निकालेर सम्बन्धित व्यक्तिलाई अनुमति पत्रसहित नवीकरण गर्नका लागि कार्यालयमा आउन भनेको छ । ३५ दिने सूचनामार्फत जेठ ५ गतेभित्र नवीकरण गराउन मिल्ने हतियारलाई नवीकरण गराउन र नमिल्ने हतियारलाई प्रशासनमा बुझाउन जानकारी गराइएको छ । 

‘नवीकरणका लागि समय तोकेका छौं । हतियारको अनुमति लिएर गएपनि अहिलेसम्म नवीकरण नगराएका व्यक्तिहरुको खोजीका लागि सम्बन्धित पालिकाका प्रहरी युनिटलाई पत्रचार गरिएको छ । केही दिनमा त्यसको तथ्यांक आउने र नवीकरणको म्याद सकिएका हतियारलाई जफत गर्छौं, ’प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले भने ।

 ५ वर्ष पूरा भएर पनि नवीकरण नगराएका हतियारको संख्या २३७ थान रहेको प्रशासनले जनाएको छ ।  हातहतियार खरखजना ऐनले पाँच वर्षसम्म नवीकरण नगराए त्यस्ता हतियार जफत हुने  र ती स्वतः अवैध मानेको छ ।

जिल्लामा ४०४ थान अनुमति लिएका हातहतियार छन् । जसमा नवीकरण भएका हतियारको संख्या १०६ रहेको छ । नवीकरण गराउन मिल्ने हतियारको संख्या ६१ थान रहेको प्रशासनले जनाएको छ । 
जिल्लाबाट अनुमति लिएका हतियारमा सबैभन्दा बढी १२ बोरका राइफल छन् । २२,२३ र ३५ बोरका राइफल, ३५ बोरको पेस्तोल, कटुई, ब्रिज लोड, भरुवा, मेनिचर र हवाई बन्दुक नामका हतियार राख्न अनुमति पत्र लिएको प्रशासनले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.