कागबेनी दोभानमा भेटियो कछुवा शालिग्राम

कागबेनी दोभानमा भेटियो कछुवा शालिग्राम
सुन्नुहोस्

जोमसोम : मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ कागबेनीस्थित श्राद्धस्थलनजिक कुर्म अवतारको शालिग्राम भेटिएको छ। मुस्ताङको कालीगण्डकी नदीको तटीय क्षेत्रमा विभिन्न प्रकारका शालिग्राम भटिने गरे पनि कर्म अवतारको कछुवा रूपी शालिग्राम विरल्लै भेटिने गर्छ।

भगवान् विष्णुको प्रतीक मानिने कुर्म अवतारको कछुवा जस्तो देखिने शालिग्राम चैते दसंै औंसी अघि कागबेनी धाममा प्रतिस्थापन गरिएको हो। मुस्ताङको कालिगण्डकी नदी र प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ धामबाट बग्ने शाखा नदीको दोभानमा कुर्म अवतारको कछुवा आकारको शालिग्राम भेटिएपछि कागबेनी मन्दिर तथा श्राद्धस्थल संरक्षण व्यवस्थापन समितिले त्यहाँ प्रतिस्थापन गरेको समितिका अध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन्। समितिले प्रतिस्थापन गरिएको शालिग्रामसँगै दर्शन गर्न घण्टसमेत राखेको छ।

भगवान् विष्णुको प्रतीक शालिग्राम नेपालको मुस्ताङमा मात्र पाइने गर्छ। कुर्म अवतारका रूपमा कछुवा आकार शालिग्राम पहाडबीचको चटनहरू खिइँदै–खिइँदै डिस्कलर भई फुस्रो देखिएको समितिकी अध्यक्ष गुरुङको भनाइ छ। 

भगवान् विष्णुको बासस्थानका रूपमा रहेको यसक्षेत्रमा विभिन्न प्रकारका शालिग्रामहरू पाइने गर्छन्। समितिले भेटेको कुर्म अवतारको शालिग्रामलाई श्राद्धस्थल नजिक प्रतिस्थापित गरी भक्तजनहरूलाई दर्शन गर्न र फोटो खिच्ने सुविधा उपलब्ध गराइएको अध्यक्ष गुरुङको भनाइ छ।

कागबेनीमा प्रतिस्थापित गरिएको शालिग्राम कुर्म अवतारको कछुवा जस्तै देखिने शालिग्राम हो। शालिग्राम विशेषगरी हिन्दु वैष्णव भक्तजनहरूको घरघरमा र विष्णु भगवान्को मन्दिरमा प्राण प्रतिष्ठानसहित पूजाआजा गर्ने गरिन्छ। बैदिक धर्म शास्त्रमा भगवान् विष्णुले दोस्रोपटक कुर्म अवतार अर्थात् कछुवाको अवतार लिएर देवी एवं मानव जगत्को कल्याणका लागि काम गरेको धार्मिक किंवदन्ती छ। यसैका कारण हिन्दु धर्मालम्बीहरूले यसैको स्मरण गर्दै कुर्म जयन्ती मनाउने प्रचलन पनि छ।

दिवंगत पितृ उद्धारका लागि निकै चर्चित र धार्मिक महत्व बोकेको कागबेनीधाममा बर्सेनि चैते दसैं र बडा दसैंको औंसी तिथिमा हजारौं श्रद्धालु भक्तजनहरू पुग्ने गर्छन्। कागबेनीमा दिवंगत पितृहरूका नाममा श्राद्ध, तर्पण र पिण्डदान गर्नाले धार्मिक मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास छ। यहाँ आएर पूजाअर्चना गर्दा पितृ खुसी हुन्छन् भन्ने धार्मिक जनविश्वास पनि छ। गत साउन २८ गते कागखोला बाढीले कागबेनीमा रहेको धार्मिक स्थलका भौतिक संरचनामा ठूलो क्षति पुर्या‍एको थियो। क्षतिग्रस्त कागबेनी श्राद्धस्थलको संरक्षण तथा व्यवस्थापनमा समितिले विभिन्न कार्यहरू गर्दै आएको समितिले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.