मधेसका मुख्यमन्त्री यादवले चौथोपटक पाए विश्वासको मत, प्रतिपक्षीको बहिष्कार

मधेसका मुख्यमन्त्री यादवले चौथोपटक पाए विश्वासको मत, प्रतिपक्षीको बहिष्कार

जनकपुर : मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन्। मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक विश्वास मत पाउँदा प्रतिपक्ष दलहरूले भने बहिष्कार गरेका छन्। 

संसदीय छानबिन समितिको माग गर्दै आएको जनमतसँगै नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीले मत विभाजन हुँदै गर्दा बैठकस्थल छाडेका थिए। 

मुख्यमन्त्री यादवको पक्षमा ६१ र विपक्षमा ० मत परेको थियो। मुख्यमन्त्री यादवलाई जनता समाजवादी पार्टीसँगै नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिएका थिए। 

कांग्रेसले गत चैत ९ गते सकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिएका हुन्। मुख्यमन्त्री यादवलाई स्वतन्त्र सांसदहरूले पनि विश्वासको मत दिएका थिए। मुख्यमन्त्री यादवले यसअघि माघ ४ गते सिंगो प्रदेशसभाको मत पाएका थिए। मुख्यमन्त्री यादव गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.