मधेस प्रदेशसभा बैठक दोस्रोपटक स्थगित, प्रतिपक्षी दलको अवरोधले माइक भाँचियो/क्यामेरा फोडियो

मधेस प्रदेशसभा बैठक दोस्रोपटक स्थगित, प्रतिपक्षी दलको अवरोधले माइक भाँचियो/क्यामेरा फोडियो

जनकपुर : मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको दोस्रो पटक पनि विश्वासको मत लिने प्रयास असफल भएको छ। प्रतिपक्षी दल नेपाली कांग्रेस र जनमत पार्टीले अवरोध गरेपछि मुख्यमन्त्रीले विश्वास मत लिन नसकेका हुन्।

जनमतका सांसदले मुख्यमन्त्रीको राजीनामा माग गर्दै संसद अवरोध गरेको थियो। जनमतले आफ्ना सांसदमाथि भएको आक्रमणको छानबिन समित गठन गर्नुपर्ने माग राखेका थिए। त्यस क्रममा प्रदेशसभाको माइक समेत भाँच्चिएको थियो। प्रदेशसभा सचिवालयका अनुसार माइक भाँचिएको र क्यामेरा फुटेको छ।

दोहोरो झडपको अवस्था आएपछि सभामुखले १० मिनेटका लागि बैठक स्थगित गरेका छन्। यसअघि पनि संसद अवरुद्ध हुँदा सभामुखले बैठक स्थगित गरेका थिए।  

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.