एकीकृत समाजवादीले लक्ष्मण किशोरलाई गरेको समर्थन फिर्ता गर्दै, दीर्घ सोडारीले मुख्यमन्त्रीको दाबी पेस गर्ने

एकीकृत समाजवादीले लक्ष्मण किशोरलाई गरेको समर्थन फिर्ता गर्दै, दीर्घ सोडारीले मुख्यमन्त्रीको दाबी पेस गर्ने

धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले दाबी पेस गर्ने भएका छन्। नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मण किशोर चौधरीलाई यसअघि दिएको समर्थन फिर्ता लिँदै सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका हुन्।

सत्ता गठबन्धनका चार दलबीच मंगलबार बसेको बैठकले पूर्व सहमतिअनुसार सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति गरेको हो। बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र समाजवादीका नेताहरू सहभागी थिए। प्रधानमन्त्री पुष्पकमल दाहालले पनि एकीकृत समाजवादीका नेता झलनाथ खनालसँग सुदूरपश्चिम प्रदेशको विषयमा छलफल गरेका थिए। बैठकमा खनालले पूर्व सहमतिअनुसार मुख्यमन्त्री आफूहरूलाई दिन आग्रह गरेका थिए। 

एकीकृत समाजवादीले यसअघि आइतबार नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो। लक्ष्मणलाई नागरिक उन्मुक्ति पार्टी, कांग्रेस र एकीकृत समाजवादीले समर्थन गरेको थियो। सोही दिन नागरिक उन्मुक्तिका तर्फबाट कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। उनलाई एमाले र माओवादी केन्द्र र नागरिक उन्मुक्तिको समेत समर्थन रहेको दाबी गरिएको थियो। लक्ष्मण रेशम पक्षका हुन् भने कैलाश रञ्जिता पक्षका हुन्।

   
नागरिक उन्मुक्ति पार्टीभित्र रेशम चौधरी र रञ्जिता श्रेष्ठबीच तीव्र विवाद चलिरहेको छ। सरकारमा सहभागी हुने विषयमा विवाद हुँदा नागरिक उन्मुक्ति पार्टी विभाजनको सँघारमा पुगेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.