वीरगन्जमा चैती छठ पर्वको रौनक (फोटोफिचर)

वीरगन्जमा चैती छठ पर्वको रौनक (फोटोफिचर)
सुन्नुहोस्

वीरगन्ज : मधेशमा श्रद्धा र निष्ठापूर्वक मनाइने चैती छठ पर्वको दोस्रो दिन शनिबार खरना विधि मनाइँदैछ। चैत शुक्ल चतुर्दशी (चौथी)देखि सप्तमीसम्म चार दिन विभिन्न विधिका साथ मनाइने चैती छठ पर्व शुक्रबारदेखि सुरु भएको थियो। पर्वको पहिलो दिन शुक्रबार ब्रतालुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका थिए। 

दोस्रो दिन शनिबार दिनभर उपवास बसेर साँझ ब्रतालुले नुहाएर चोखो भई माटोको चुल्होमा सख्खर र चामलको खीरका साथै रोटी पकाउँछन्। उक्त खीरलाई रसियाव भनिन्छ। उक्त खीर र रोटी ब्रतालुले छठी माताका नाममा प्रसादका रुपमा चढाएर आफैं ग्रहण गर्छन्। उक्त विधिलाई खरना भनिन्छ।  
  

तेस्रो दिन अर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ पवित्र जलाशयको घाटमा गएर ब्रतालुले पानीमा उभिएर छठ माता र सूर्य भगवानलाई अर्घ दिन्छन्। जसलाई ‘सँझिया घाटको अरघ’ भनिन्छ। अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई घाटमै अर्घ दिएर पर्व सम्पन्न गरिन्छ। यो विधिलाई ‘भोरघाटको अरघ ’ र ‘पारन’ पनि भनिन्छ।

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो। शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ। मधेशमा छठ जनजन परिचालन हुने महापर्व मानिन्छ। यद्यपि कात्तिकको जति चैती छठ पर्व मनाउने भने देखिँदैनन्।

छठ पर्वमा ठेकुवा, केरा, उखु, सुन्तला,निमुवा, बोडी, सुथनी, मुला लगायतका फलफूल र हरयो तरकारी व्रतालुले अर्घ्यका बेला सूर्यतर्फ देखाउने गर्छन्। छठ सूर्य र सूर्यपत्नी षष्टीको उपासनाको पर्व हो। यो व्रतको प्रभावले हरेक मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ। व्रत प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ।

nullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.