डोल्पामा आगलागीमा परी घाइते भएका तीनै बालकको मृत्यु, गाउँ नै शोकमा

डोल्पामा आगलागीमा परी घाइते भएका तीनै बालकको मृत्यु, गाउँ नै शोकमा
फाइल तस्बिर।
सुन्नुहोस्

डोल्पा : हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ४ मा पर्ने सुँ सामुदायिक बनको आगलागीमा परी घाइते भएका तीनै जना बालकको मृत्यु भएको छ।

गत बिहीबार आगलागी घटनामा परेका तीनैजना बालकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए। जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा १० वर्षीय सुलस बुढाको शुक्रबार र दुई जनाको उचारकाको क्रममा काठमाडौंमा मृत्यु भएको उनले बताए।

उपचारको क्रममा एक जना राती र एक जना बिहानपख मृत्यु भएको प्रजिअ दाहालको भनाइ छ। काठमाडौंमा मृत्यु हुनेमा १२ वर्षीय बिवस बुढा र १३ वर्षीय समन्त बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

गाउँ नजिकै रहेको बनमा गुच्ची च्याउ टिप्न गएका तीनै बालबालिका आगलागीमा परेर गम्भीर घाइते भएका थिए। उनीहरुलाई बचाउन धेरै प्रयास गर्दा पनि नसकिएको वडा नं ४ का वडाध्यक्ष रञ्जित बुढाले बताए। एकै गाउँका तीन बालबालिका आगलागीमा परेर मृत्यु भएपछि सिंगो गाउँ नै शोकमा डुबेको उनले बताए।

आगलागीमा परेर एकै घरका दुई बालकको मृत्यु भएको उनको भनाइ छ। त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारको लागि हेलिकप्टरको व्यवस्था गरेर काठमाडौं पुर्याइएको थियो।

डोल्पामै गत मंगलबार ठुलिभेरी नगरपालिका ४ मा पर्ने मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार सैनिकमध्ये तीन जनाको मृत्यु भएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.