कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ
सुन्नुहोस्

महोत्तरी : महोत्तरी प्रहरीले एक जना फरार प्रतिवादीलाई १२ वर्षपछि पक्राउ गरेका छन्। पक्राउ पर्नेमा पिपरा गाउँपालिका-१ (साविकको ईकरहिया गाविस २) ढेकाहाका लरुवतीदेवी महतो रहेका छिन्। 

जिल्ला अदालत महोत्तरीले महतोलाई २०६८ साल भदौ १८ गतेका दिन १० वर्ष कैदको फैसला सुनाइएको थियो। कर्तव्य ज्यान मुद्दामा अदालतबाट सजाय पाएका महतो लामो समयदेखि फरार रहँदै आएको थियो। उनलाई प्रहरीले बिहीबार पिपरा गाउँपालिका-१, ढेकाहाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 

प्रहरी नियन्त्रणमा रहेको उनलाई शुक्रवार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको छ। आवश्यक कानुनी कारवाहीको लागि जिल्ला अदालत महोत्तरीमा पठाइएको प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल प्रसाद जयसवालले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.