बागमतीमा करिब ७ हजारको स्वास्थ्य बिमा

बागमतीमा करिब ७ हजारको स्वास्थ्य बिमा
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेश सरकारले ६ हजार ८ सय ९५ परिवारको स्वास्थ्य बिमा गरिदिएको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयले आफ्ना १३ जिल्लामा रहेका सीमान्तकृत,लोपोन्मुख, आश्रममा आश्रित,क र ख वर्गका अपाङ्गता भएकाहरूको स्वास्थ्य बिमा गरेको हो। 

मन्त्रालयको आर्थिक वर्ष ०८०/०८१ को वार्षिक कार्यक्रम अन्तर्गत प्रदेशका १३ जिल्लामा कार्यक्रम गरिएको स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले बताए। मन्त्री श्रेष्ठका अनुसार मन्त्रालयले दुई करोड ३४ लाख १५ हजार ९ सय ५० रुपैयाँ प्रिमियम भुक्तानी समेत गरिसकेको छ।

जसमध्ये मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंमा १ सय ५५ परिवारलाई ३५ लाख ७ हजार ७ सय,भक्तपुरमा ३५ परिवारलाई १ लाख २ हजार ९ सय ५०, ललितपुरमा ५ सय ५० परिवारलाई १८ लाख ७ हजार ७ सय ५० प्रिमियम बापतको रकम भुक्तानी गरिसकेको बताएको छ। यस्तै काभ्रेपलान्चोकमा ७ सय २० परिवारलाई २४ लाख ७२ हजार  ५०, नुवाकोटमा ५ सय ७३ परिवारलाई १५ लाख ९९ हजार ३ सय ५०, रसुवामा १ सय ८१ परिवारलाई ५ लाख १५ हजार २ सय र रामेछापमा ३ सय १९ परिवारलाई १० लाख ४३ हजार भुक्तानी गरेको छ। 

त्यस्तै, धादिङमा ५ सय ९१ परिवारलाई २१ लाख ५२ हजार १ सय ५०, मकवानपुरमा १ सय १ परिवारलाई ४ लाख १० हजार ५ सय ५०, दोलखामा २ सय ७४ परिवारलाई ९ लाख १६ हजार ५०, सिन्धुपाल्चोकमा १ हजार ३ सय १४ परिवारलाई ४६ लाख २२ हजार ८ सय, सिन्धुली ४ सय ७९ परिवारलाई, १५ लाख ७७ हजार ४ सय र चितवनमा १ हजार ६ सय ३ परिवारलाई ५८ लाख ३८ हजार भुक्तानी गरेको छ। 

तथ्यांक अनुसार १३ वटै जिल्लामध्ये सबैभन्दा बढी चितवन जिल्लामा भुक्तानी भएको पाइएको छ। महिला स्वास्थ्य स्वयंसेविका १ सय ४, अपाङ्गता तर्फ ३ सय ७७ र अति सीमान्तकृत १ हजार १ सय २२ गरी १ हजार ६ सय ३  परिवारलाई  ५८ लाख ३८ हजार भुक्तानी गरेको मन्त्रालयले बताएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.