आज इस्लाम धर्मावलम्बीहरु ‘ईदउलफित्र’ मनाउँदै

आज इस्लाम धर्मावलम्बीहरु ‘ईदउलफित्र’ मनाउँदै
फाइल तस्बिर।

विराटनगर :  इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईदउलफित्र’ आज मनाइँदै छ । ईदउलफित्र मनाउनका लागि आज मुस्मिलम समुदाय ‘ईदगाह’ वा ‘मस्जिद’ मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् ।

मुसलमानहरुले धार्मिक ग्रन्थ कुरान अवतरणको सुरुवात भएको यो महिनालाई रमजान (रोजा–उपवास) लिने महिना समाप्त भएको भोलिपल्ट ईदउलफित्र मनाउने गरेका छन्।  

यो पर्वका लागि मुसलमान समुदायले एक महिना व्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्ने गर्दछन् ।

हाल उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४७ हो। रमजान महिना नवौं महिना हो । रमजान महिनामा नै मुस्लमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो । दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु यो महिनाको ठूलो विशेषता मानिन्छ ।

ईदलाई मुस्लिम समुदायले आपसी सद्भाव र शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउने गरेका छन् ।   विशेष नमाज पढिसकेपछि आफूभन्दा ठूलावडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिंदै मिष्ठान्न एवं स्वादिष्ट परिकार खाने र खुवाउने परम्परा यस पर्वमा रहेको छ ।
 
एक महिनासम्म चल्ने  रमजानमा मुस्लिम धर्मालम्वीहरुले  सूर्य उदाउनुभन्दा लगभग दुई घण्टाअगाडि केही खानेकुरा (सेहरी) खाई सुरु हुने रोजा सूर्यास्तपछि सकिन्छ । रोजाको समयमा दिनभर मुसलमानहरु निराहार बस्नुपर्छ । रोजा लिनेहरुले आफ्ना पाँचै ईन्द्रीयहरुमा नियन्त्रण राखी दिनभरि निराहार बस्नुपर्ने मान्यता रहेको छ। 

रोजामा विहानको ४:२३ बजेदेखि बेलुका ६:०६सम्म निराहार बसिन्छ।  त्यस पछि मात्र रोजा सकिन्छ ।  रोजा अवधिमा खानपिन, जेमा (यौन सम्पर्क) गर्न वञ्चित गरिएको हुन्छ । जानीजानी निषेध गरेको काम गर्यो वा खानेकुरा खायो भने जरिवानास्वरुप (कफ्फारह )६० जना गरिब असहायलाई भोजन गराउनुपर्ने व्यवस्था रहेको बताइएको छ।  

तीस दिनको रमजान महिनालाई तीन भागमा बाँडिएको हुन्छ । पहिलो १० दिनको अवधिलाई रहमत (अल्लाहबाट बक्सिस), दोस्रो १० दिनको अवधिलाई मगफेरत (पापबाट छुट्कारा पाउने) र अन्तिम १० दिनको अवधिलाई जहन्नम बाट आजादी ( मृत्युपश्चात स्वर्ग पाउने) भनिन्छ । मुसलमानहरु यही विश्वासका साथ अल्लाहको आदेश पालना गर्दै रोजा बस्ने गरेको अञ्जुमन ईस्लामिया, जामे मस्जिद बुधहाट चोकका खातिव र इमाम अब्दुल मनान कादरीले बताए ।  एक महिना मुस्लिम समुदायको लागि लगन, विश्वास र भरोसा (कसरथ)को महिना भएको र अल्लाहमा समर्पण गर्न, मुस्लिमको मगफिरत (धर्म गर्ने महिना) र जहन्नम (नर्क)बाट बच्ने महिनाको रुपमा मनाउने गरेको विराटनगरमा मुस्लिम अगुवा जफर अहमद जमालीले बताए ।       

रोजामा प्रत्येक मुसलमानले जनही एक किलो ७ सय ५० ग्राम गहुंको मूल्य बराबर फितरा (कर) निकाल्नुपर्छ । साढे सात तोला सुन र ५२ तोला चाँदीको मूल्यभन्दा बढी आर्थिक हैसियत भएका मुसलमानहरुले आफ्नो आम्दानीबाट अढाई प्रतिशत जकात (कर) दान गर्नुपर्छ । यस्तो फितरा र जकात गरिब, असहाय र दीनदुःखीलाई बाँड्नुपर्छ । 

फितरा र जकात ईदउलफित्र अर्थात् ईदको नमाज पढ्नुभन्दा अगावै निकालिसक्नु पर्छ । फितरा र जकात तिर्नुको अर्थ गरिव मुसलमानले पनि धनीले जस्तै रमजान मनाउनको लागि आर्थिक सहयोग पुगोस् भनेर करको व्यवस्था गरिएको बताइएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.