मानिससहित सागुन जातका अवैध काठ बरामद

मानिससहित सागुन जातका अवैध काठ बरामद
सुन्नुहोस्

गुलरिया : प्रहरीले सागुन जातका अवैध काठ कारोबारीको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ। काठसहित गुलरिया नगरपालिका वडा नम्बर ९ निवासी ३९ वर्षीय प्रमोद अहीर र २८ वर्षीय संजय यादवलाई नियन्त्रणमा लिएको हो। 

    
बर्दियाको गुलरिया-९ रामनगर स्थित हनुमान चोकबाट ५६ दशमलव ६ क्युफिट काठसहित अहीरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।

गस्तीका क्रममा उनीहरूको साथबाट काठका अवैध ११ वटा गोलिया, भे १ प ६८४१, भे २ प २९२८, भे १ प ६७०४ र भे १० प ७६६ नम्बरको ४ वटा मोटरसाइकल गरी अन्दाजी १ लाख ९३ हजार २ सय रुपैयाँ बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ। 

रितपूर्वक फेला पारिएको मानिससहितको सामग्रीहरू आवश्यक अनुसन्धानका लागि डिभिजन बन कार्यालय बर्दियामा बुझाइएको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.