डोल्पामा आगो निभाउने क्रममा चार सैनिक घाइते, हेलिकोप्टरबाट उद्धार

डोल्पामा आगो निभाउने क्रममा चार सैनिक घाइते, हेलिकोप्टरबाट उद्धार
सुन्नुहोस्

डोल्पा : हिमाली जिल्ला डोल्पामा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा नेपाली सेनाका चार जना घाइते भएका छन्।

ठुलिभेरी नगरपालिका-४ मा पर्ने मष्टा भवानी सामुदायिक वनमा आइतबार दिउँसो सल्किएर निभाइसकेको आगो सोमबार पुनः आगो फैलिएपछि निभाउने क्रममा देवीदत्त गण भदालेका चार सैनिक जवान घाइते भएका हुन्।

घाइते हुनेमा ३० वर्षीय विजय कोइराला, ३८ वर्षीय जमदार केशर बहादुर मगर,२८ वर्षीय जवान हेमन्त रावत र २३ वर्षीय जवान आशिष बुढा रहेको संग्राम सार्दुल गुल्म सुलिगार्डका सेनानी अशोक कुमार कार्कीले जानकारी दिए।

आइतबार निभाइसकेको आगो सोमबार पुन सुरु भएपछि सैनिकहरू निभाउन गएका थिए। जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको सेनानी कार्कीले बताए। पहिलो चरणमा घाइते दुई जनाको हेलिकोप्टरबाट उद्धार गरेर नेपालगञ्ज लगिएको बाँकी दुई जना उद्धारका लागि हेलिकोप्टर आउन लागेका उनले बताए।

सैनिकहरू आगो निभाउने क्रममा वरिपरिबाट हावाको बेगसँगै आगो आएपछि खोल्सामा रहेका जवान पोलिएको सेनाले जनाएको छ। आइतबार देविदत्त गुल्मका सैनिक जवानहरूले आसपासको फोहोर जलाउने क्रममा आगो नजिकैको वनमा सल्किएपछि आगलागी सुरु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.