डोल्पामा सेनाको कमजोरीले सामुदायिक वनमा लाग्यो डढेलो

डोल्पामा सेनाको कमजोरीले सामुदायिक वनमा लाग्यो डढेलो

डोल्पा : हिमाली जिल्ला डोल्पामा नेपाली सेनाको असावधानीका कारण लागेको आगोले एक सामुदायिक वन सखाप भएको छ। सदरमुकाम दुनैमा रहेको नन्द बक्स गुल्म भदालेका सैनिक जवानहरूले ब्यारेक आसपासको फोहोर व्यवस्थापन गर्न लगाएको आगो नजिकैको वनमा सल्किएको हो। 

आइतबार दिउँसो सेनाले ब्यारेक सरसफाइ गर्ने क्रममा आगो लाग्दा ठुलिभेरी नगरपालिका-४ मा पर्ने मष्टा भवानी सामुदायिक वनका रुखविरुवा जलेर नष्ट भएको स्थानीय बिर्ख बहादुर रोकायले जानकारी दिए।

हावाहुरी लाग्ने समयमा दिउँसो आगो लगाएर सेनाले सामुदायिक वनको ठुलो क्षति गरेको रोकायको भनाइ छ। डिभिजन वन कार्यालय डोल्पाका वन अधिकृत मुन रावतले आगलागी कसले गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए ।

सेना,प्रहरी,वनका कर्मचारी र स्थानीयको प्रयासबाट आगलागी नियन्त्रणमा आइसकेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.