डोल्पाको जुफाल विमानस्थल मर्मतको काम ८५ प्रतिशत

डोल्पाको जुफाल विमानस्थल मर्मतको काम ८५ प्रतिशत

डोल्पा : हिमाली जिल्ला डोल्पामा रहेको जुफाल विमानस्थल मर्मतको काम ८५ प्रतिशत सकिएको छ। गत फागुन १६ गते देखि बन्द भएको विमानस्थलको धावनमार्ग सम्याउने लगायत गरेर ८५ प्रतिशत काम सकिएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर बिरप्रसाद शाहीले जानकारी दिए।

मर्मतका लागि बन्द भएको ३८ दिनमा काम अन्तिम चरणमा पुगेकाले अब ढिलामा एकसाता भित्रै सबै काम सम्पन्न हुने उनको भनाइ छ। ‘डोल्पाबासीका लागि यातायातको प्रमुख एवं भरपर्दो साधन हवाइ यातायात नै भएकाले अहोरात्र काम गरिरहेको छु, त्यसमा पनि स्थानीय युवा व्यवसायीहरूको सक्रियताका कारण पनि काम छिटो भयो’, शाहीले भने।

सकेसम्म वैशाख १ गते भित्रै हवाई सेवा सुचारु गर्ने योजना रहेको उनले बताए। निर्माणको जिम्मा आजिवन तामाङ मरिन जेभी धादिङले मूल्य अभिवृद्धि करसहित छ करोडमा लिएको छ। विमानस्थलको धावन मार्ग कतै उठेको कतै बसेको र केही ठाउँमा चिरा परेर भासिएपछि १८५ मिटर स्तरोन्नति गरिएको हो।

धानवमार्ग जीर्ण भएकै कारण सरकारी तथा निजी एयरलाइन्स कम्पनीहरूले पनि पटक पटक उडान गर्न नसकिने बताउँदै आएका थिए। विमानस्थल मर्मतको काम सकिएपछि सहज रुपमा हवाई जहाज आवत जावत गर्न सकिने नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.