लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त
फाइल तस्बिर।

दाङ : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा नियुक्त भएका छन्।  प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार  महरालाई मुख्यमन्त्री नियुक्त गरेका हु्न्।

माओवादी संसदीय दलका नेता महराले शुक्रबार बिहान ४४ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश गरेका थिए।

केन्द्रमा सत्ता समीकरणमा फेरबदल आएसँगै प्रदेशमा अल्पमतमा परेका मुख्यमन्त्री डिल्लीराज चौधरीले विश्वासको मत नपाउने भएपछि बिहीबार राजीनामा दिएका थिए।

उनले राजीनामा दिएलगत्तै प्रदेश प्रमुख शेरचनले दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि दावी पेश गर्न आह्वान गरेका थिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.