वैवाहिक बलात्कारमा न्यायाधीश थुनामा

वैवाहिक बलात्कारमा न्यायाधीश थुनामा
सांकेतिक तस्बिर।

काठमाडौं :  न्यायाधीशको आचार संहितामा पर्छ, अनुकरणीय बानी बेहोरा। त्यहीं बानी बेहोरा अपराधजन्य देखिएपछि  सर्वोच्च अदालतले  निलम्बित  जिल्ला न्यायाधीश भुवन गिरीलाई  पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले  गिरीलाई थुनामा पठाउन आदेश गरेको छ। निलम्बित न्यायाधीश गिरीमाथि वैवाहिक जबर्जस्ती करणीको अभियोग थियो। 

सर्वोच्चले जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले गरेको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको हो। जिल्ला अदालतले वैशाख १९ गते र उच्च अदालतले भदौ २१ गते गिरीलाई धरौटीमा छोड्न आदेश दिएको थियो। यो आदेशलाई सर्वोच्चले बेरितको भएको ठहर गर्दै बदर गरेको छ। राति १० बजेदेखि भोलिपल्ट दिउँसो तीनबजेसम्म पीडितको कोठामा रहेको र त्यहीँबाट पक्राउ गरेको तथ्यलाई पीडकले स्वीकार गरेको आदेशमा जनाइएको छ। 

आफूउपर जबर्जस्ती करणी गरेको पीडित महिलाको किटानी जाहेरी दिएकी थिइन्। ‘पीडित बस्ने गरेको घरबेटीले गरिदिएको कागज बेहोराबाट पीडितले मौकामा आफूलाई प्रतिवादीले जर्बजस्ती करणी गरेको बताएको भन्न् देखिएको छ। पीडितको शारीरिक परीक्षण प्रतिवेदनबाट हाइमेन वल्र्ड टियर भन्ने देखिएको छ,’ आदेशमा भनिएको छ, ‘पीडित र प्रतिवादीबीच यसभन्दा पहिले पनि वैवाहिक जबर्जस्ती करणी र सम्बन्ध विच्छेद मुद्दा चलिरहेको अवस्था पनि देखिएको छ।  सम्बन्ध विच्छेद र वैवाहिक जबर्जस्ती करणी मुद्दा चली आपसी सम्बन्ध नै विवादमा रहेको अवस्थामा सहजै एक्लै पीडितको कोठामा जाने विषय पनि स्वाभाविक देखिँदैन।’ 

सर्वोच्चले समग्र परिस्थिति र प्रमाणहरूलाई आधार मान्दा अहिले नै प्रतिवादी कसुरदार रहेन छन् भन्न सकिने अवस्था नभएको ठहर गर्दै मुद्दामा पछि फैसला हुँदाका बखत ठहरेबमोजिम हुने गरी मुद्दाको पुर्पक्षका लागि थुनामा राखी कानुनबमोजिम गर्नू भन्ने आदेश दिएको हो। मुलुकी अपराध संहिता २०७४को दफा ६७(१) (ख )बमोजिम मुद्दाको पुर्पक्षका लागि थुनामा पठाएको छ। जिल्ला सरकारी वकिल कार्यालयले वैवाहिक बलात्कारको मुद्दा चलाएपछि उनी निलम्बित थिए।  पीडितले गत वर्ष नै प्रहरी र राष्ट्रिय मानव अधिकार आयोगमा उजुरीसमेत दिएकी थिइन्। 

 पीडितको स्वास्थ्य सुधारोन्मुख  

बुधबार सर्वोच्च अदालतको इजलासमा सुनुवाइ सुरु हुँदा पीडितले विष सेवन गरेकी थिइन्। त्यसलगत्तै अर्धचेत अवस्थामा उनलाई वीर अस्पतालको आपतकालीन कक्षमा भर्ना गरिएको थियो। अस्पतालका निर्देशक डा. सन्तोष पौडेलका अनुसार पीडित महिलाको स्वास्थ्य अवस्थामा सुधार आएको छ। डा. पौडेलले भने, ‘स्वास्थ्य अवस्था सुधारोन्मुख छ। होसमा आइसक्नु भएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.