चीनले प्रवेश पास नदिँदा सकसपूर्ण दैनिकी झेल्दै लप्चीबासी

चीनले प्रवेश पास नदिँदा सकसपूर्ण दैनिकी झेल्दै लप्चीबासी

दोलखा : तिब्बतसँग सीमा जोडिएको दोलखाको लप्ची-रामदिङ नाका प्रवेशका लागि चीनले पास खोज्न थालेपछि लप्चीबासी चीन प्रवेशको पासको खोजीमा सदरमुकाम चरिकोट आउन थालेका छन्।

विगु गाउँपालिका-१ का लप्चीबासीले आफूहरूले पालेका याक चौरीको चरण क्षेत्र चीनतर्फकै भूभागमा रहेको तर कोरोना माहामारीदेखि झण्डै ४ वर्षभन्दा बढी उनीहरूले चीन प्रवेश गर्न नपाएको बताएका छन् । गत असोज ११ गते स्थानीय स्तरमा समझदारी कायम भएपछि चीनका रामदिङ नाका औपचारिक रुपमा खुल्ला गरिएको थियो। अनौपचारिकरूपमा नाका खुल्ला भएपछि सीमा पारी पुगेर सामान खरिद बिक्री सुरु भएको लप्चीका स्थानीयले बताएका थिए। 

दसैंको पूर्व सन्ध्यामा नाका खुला गरिदिएपछि लप्चीवासीलाई निक्कै राहत भएको थियो। आवश्यक सामग्री नुन, तेल, चामल,दाल लगाएतका सामग्री किनमेल गर्नुका साथै चौरीका घ्यू र छुर्पी बिक्री वितरण गर्न पाएको स्थानीय फूर्वा शेर्पाले बताए। तर, अहिले चीन सरकारले प्रवेशका लागि पास खोजेपछि आवश्यक सामग्री किन्न र चौरी चराउन समस्या भएको उनले बताए। लप्ची नाकाबाट चीनियाँ बजारमा जाँदा स्थानीयले हालसम्म पास प्रयोग गरेका थिएनन्। नागरिकता देखाएर चिनियाँ बजार जाने गरेका थिए तर चिनियाँ सुरक्षाकर्मीले सुरक्षाको कारण देखाउँदै अनिवार्य पास मागेपछि लप्चीबासीले नेपाल सरकारसँग पास उपलब्ध गराइदिन आग्रह गरेका छन्।

'चौरी चरनका लागि नेपालतर्फको भूभाग प्रयाप्त नभएको र आफूहरूले उत्पादन गरेको चौरीका घ्यु र छुर्पी बिक्री वितरण गर्न समस्या भएको छ। आफूहरुलाई अत्यावश्यक सामग्री नुन, तेल, चामल,दाल आदि सामग्री नेपालतिरको लामाबगर हुँदै खरिद गर्दा असाध्यै महँगो हुने तथा जलविद्युत आयोजना निर्माण गर्ने भन्दै लामाबगर झर्ने बाटो पनि भत्किएकाले डोरीमा झुन्डिएर हिंड्नुपर्ने बाध्यता रहेको छ', फूर्वाले बताए।

अनौपचारिक नाका खुलेपछि लप्चीका स्थानीयले चीन सरकारलाई ४ वर्षकै चौरी चरण वापतको शुल्क तिर्नु परेको थियो। तर, अहिले पास खोज्दै प्रवेश निशेध गरेपछि स्थानीय लप्चीबासी मारमा परेका छन्। जिल्ला प्रशासन कार्यलयले पास बनाइदिए आफूहरूको दैनिकी सहज हुने स्थानीय बासीहरूको अपेक्षा छ। 

लप्चीका माथिल्लो भेगमा हिमपात हुन लागेपछि लप्चीबासी आफ्नो चौरीगोठ लुम्नाङतिर झार्ने गर्छन् र हिउँद सकिएपछि चौरीको चरणका लागि चीनको भूभाग प्रयागे गर्छन्। लप्चीबासीको दैनिकी चीनको बजारमै निर्भर छ। आफ्नै वडाको लामाबगरबाट लगिने एक प्याकेट नुनको एक सय ६० रुपैयाँसम्म पर्ने र सबैभन्दा सस्तो ३० केजीको एक बोरा चामललाई छ हजारसम्म पर्ने लप्ची टोल विकास समितिका अध्यक्ष वाङ्चुक शेर्पाले बताए। तर, लप्ची-रामदिङ नाका हुँदै चीनको छुप्साङबाट सामान ल्याउँदा नुन एक पोकाको बढीमा ५० रुपैयाँमात्र पर्ने उनको भनाइ छ। 

लप्चीबाट रामदिङ हुँदै चीनको छुप्साङ पुग्न झन्डै डेढ घण्टा लाग्छ पास भएपछि चीन सरकारले टाँसिघाङसम्म जान दिए झन् सस्तोमा सामान पाउन सकिने लप्चीका स्थानीयबासीको भनाइ छ । लप्चीमा ४६ घरधुरी र एक सय ५० जनसङ्ख्या छ। १ हजारभन्दा बढी मानिसको मुख्य पेसा चौरी पालन हो।

नाका खोल्ने विषय संघीय सरकारसँग पनि जोडिने भएकाले पासको नमुनासहित आधिकारिकताको लागि परराष्ट्र मन्त्रालय र चीन सरकारलाई पठाइएको र  दुवैतिरबाट सहमति आउनसाथ लप्चीमै पुगेर पास वितरणको व्यवस्था मिलाउने जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले बताए। केही दिनअघि उपप्रधान एवं पराराष्ट्र मन्त्री त्यहाँ पुगेर नेपालका उत्तरतिरका  १४ वटा ट्रेडिसनल नाका खोल्ने विषयमा छलफल भएकाले यही ट्रेडिसनल नाकामध्यकै लप्ची नाका भएको हुँदा छिटै लप्चीबासीलाई पास वितरण गर्न सकिने प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.