चरेससहित महिला पक्राउ

चरेससहित महिला  पक्राउ

गुलरिया : बर्दियामा लागुऔषध चरेस जस्तो देखिने कालो पदार्थसहित एक दाङकी एक जना महिलालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ। दाङको लमही नगरपालिका वडा नम्बर ११ निवासी अन्दाजी ५२ वर्षीया आशा राई पक्राउ परेकी हुन्।

विशेष सूचनाका आधारमा प्रहरी चौकी जमुनी बर्दिया र सशस्त्र प्रहरी सीमा सुरक्षा बलको संयुक्त गस्तीले नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए। 

शंकास्पद अवस्थामा रहेकी उनलाई चेकजाँच गर्ने क्रममा निजको शरीर तथा हाते झोलाभित्र खैरो रंगको प्लाष्टिक टेपले बेरी लुकाई छिपाई राखेको अवस्थामा अवैध लागुपदार्थ फेला परेको उनले जानकारी दिए।

सशस्त्र प्रहरी सीमा सुरक्षा बलको टोलीले नेपाल भारत सीमाक्षेत्रमा महिलाको साथबाट ५ किलो ९२९ ग्राम लागुऔषध चरेस जस्तो देखिने कालो पदार्थ बरामद गरी नेपाल प्रहरीलाई बुझाएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गण गुलरियाका सशस्त्र प्रहरी उपरीक्षक चित्रांग दाहालले बताए। 

पछिल्लो समय सीमा क्षेत्रमा निगरानी बढाइएको उनको भनाइ छ। बरामद अवैध सामग्रीसहित जमुनीमा नियन्त्रण परेकी महिलालाई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.