सामुदायिक कुकुरको बन्ध्याकरण अभियान सुरु

सामुदायिक कुकुरको बन्ध्याकरण अभियान सुरु
सुन्नुहोस्

गुलरिया : एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय बर्दियाले जंगल किनारका सामुदायिक कुकुरहरूको बन्ध्याकरण अभियान सुरु गरेको छ। 

विभिन्न जंगल किनारका मध्यवर्ती क्षेत्रहरूका गाउँहरूमा देखिने सामुदायिक कुकुरहरूको रेविज संक्रमित वन्यजन्तुसँग सम्पर्क हुन सक्ने जोखिम देखिएकाले त्यस्ता कुकुरहरूको बन्ध्याकरण सुरु गरिएको हो।

बर्दियामा गत वर्षदेखि रेविजको प्रकोप बढ्दै गएको छ। ‘जंगल किनारका कुकुरहरूको अधिक रेविज हुने स्याल, फ्याउरो लगायतका वन्यजन्तुहरूसँग सम्पर्क भइरहन्छ। त्यसैले त्यस्ता कुकुरहरूको बन्ध्याकरण थालेका हौं। एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय बर्दियाका भेटनरी अफिसर पशु चिकित्सक अनिल कुमार शर्माले भने, सामुदायिक कुकुर नियन्त्रण गर्ने हाम्रो अभियान हो। कार्यालयको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार बन्ध्याकरण थालेका हौं।’ 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.