दोस्रो जिरी महोत्सव चैत २३ देखि

दोस्रो जिरी महोत्सव चैत २३ देखि
फाइल तस्बिर।
सुन्नुहोस्

दोलखा : पर्यटकीय नगरी जिरीमा दोस्रो जिरी महोत्सव २०८० हुने भएको छ। ‘नेपालको स्विट्जरल्यान्ड, सगरमाथाको प्रवेशद्वार, समृद्ध जिरी निर्माणमा अर्गानिक कृषि, पर्यटन, संस्कृति र उद्योगका आधार’ भन्ने नाराका साथ उद्योग वाणिज्य संघ जिरीले महोत्सवमा आयोजना गर्न लागेको हो।

आगामी चैत २३ गतेदेखि २०८१ वैशाख २ गतेसम्म सञ्चालन हुने बृहत् जिरी महोत्सव जिरीको पुरानो बैंक विल्डिङमा सञ्चालन हुनेछ। महोत्सवमा ५० हजार बढी दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँबराबरको कारोबार गर्ने उद्योग वाणिन्य संघ जिरीको अपेक्षा छ।  

जिरी उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठले दोलखाको खस्किँदो कृषि, व्यापार, जिरीमा रहेका पर्यटकीयस्थललाई प्रचार प्रसार गर्न, आदिवासी जनजातिहरूको मौलिक खाना तथा स्थानीय उत्पादनको प्रचारप्रसार र जिरीमा आन्तरिक तथा बाह्य पर्यटक भिœयाउन महोत्सव सहयोगी हुने बताए।

१० दिनसम्म सञ्चालन हुने महोत्सवमा जिल्लाका ९ वटै स्थानीय तह र रामेछापको गोकुलगंगा र उमाकुण्ड गाउँपालिका साझेदार छन्। यस्तै, नेपाल पर्यटन बोेर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, कृषि उद्यम केन्द्र, उद्योग तथा वाणिज्य कार्यालय, प्राइम कमर्सियल बैंक, एकीकृत फ्रेन्डसिप सहकारी, नेपाल पत्रकार महासंघ र राष्ट्रिय  तथा बहुुराष्ट्रिय कम्पनी महोत्सवको प्रवद्र्धक रहने आयोजकले जनाएको छ।

महोत्सवमा जिरीको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र पर्यटकीय क्षेत्रको सम्भावना, लगानीको क्षेत्र र भावी योजनाको बारेमा विज्ञबाट दैनिक रूपमा बहस चलाइने तथा राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थितिमा नयाँ वर्ष विशेष मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम रहने जनाइएको छ।

स्थानीय उत्पादनको साथै जिरीको जिरेल समुदायको सांस्कृतिक कार्यक्रम र जिरेल समुदायकै खानाको परिकार, भेषभूषा झल्कने वस्तुको स्टलहरू राखिनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.