डोल्पाको शे-फोक्सुण्डोमा १२ वर्षे मेला (फोटो फिचर)

डोल्पाको शे-फोक्सुण्डोमा १२ वर्षे मेला (फोटो फिचर)
तस्बिर : रामचन्द्र न्यौपाने

डोल्पा : हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिकामा बाह्र वर्षे शे–मेला लाग्ने भएको छ। वडा नम्बर ३ मा पर्ने साल्दाङस्थित शेल गुम्बामा आगामी भदौ १६ गतेदेखि १९ सम्म मेला सञ्चालन हुने छ।

दर्शन शेल रिवो डुग्ड्राको,आर्जन विश्व शान्तिको भन्ने मुल नाराका साथ ६७ औँ मेला सञ्चालन गरिने गाउँपालिकाका उपाध्यक्ष तथा प्रचारप्रसार उप समितिका संयोजक पेमा वाङ्छेन गुरुङले जानकारी दिए। प्रत्येक १२ वर्षमा एक पटक लाग्ने मेला विश्व शान्तिको आह्वानसँगै डोल्पा जिल्लाको प्राकृतिक धार्मिक तथा सांस्कृतिक पहिचान समेत झल्काउने बताए।

‘यो मेलाबाट सामाजिक एकता एवं सद्‌भाव कायम गर्नुका साथै ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको विश्वसामु प्रचार प्रचार हुने अपेक्षा छ, त्यतिमात्र नभइ प्रचुर पर्यटकिय सम्भावना बोकेको डोल्पाका पर्यटकियस्थलको प्रवर्द्धन,विकास एवं चिनारी समेत स्थापित गर्नेछ,’उनले भने।

null

रिवो डुग्ड्राको धार्मिक ढोका खुलाउने जिक्तेन गोन्पो रिन्छेन पलका शिष्य तपस्वी डुपतोप सिंगे यिशेको सम्मान स्वरूप लाग्ने यो मेलाबाट समग्र डोल्पो दर्शन समेत बुझ्न सकिने उनको भनाइ छ। लामो समयको अन्तरालमा लाग्ने यस ऐतिहासिक मेला अवलोकन भ्रमणका लागि शे–फोक्सुण्डो गाउँपालिकामा पुग्न उनले सबैलाई आग्रह गरे।

null

मेलामा स्थानीय संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रमहरू प्रस्तुति गर्नुका साथै बौद्ध गुरु क्याब्जे मेन्री पोन्लोप रिन्पोछे र धर्मगुरु क्याब्जे ग्याङखाङ खेन्टुल रिन्पोछे धार्मिक प्रवचन दिने कार्यक्रम रहेको छ। त्यसैगरी ३७ औँ ड्रिकुङ्ग क्याबगोन चेतसाङ्ग रिन्पोछेबाट फोवा उपदेश दिने शेल्री  डुग्ड्राको परिक्रमा गरिने पनि आयोजकले जनाएको छ। मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालबाट गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ। 

nullnullnullnullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.