बागमतीका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने दिन अनुपस्थित हुन सभामुखलाई दवाव

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने दिन अनुपस्थित हुन सभामुखलाई दवाव

हेटौंडा : बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले आफूलाई दवाव आएको बताएका छन्। सोमबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले लिने भनिएको विश्वासको मतको बैठकमा आफूलाई अनुपस्थित हुन दवाव आएको बताएका हुन्। 

शुक्रबारबाट चितवनको सौराहामा सुरु भएको २ दिने संचारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख पाठकले आफू सभामुखको जिम्मेवार आउनुपूर्व कुनै दल निकट भएता पनि सभामुखको जिम्मेवार आएपछि कुनै पार्टी निकट नभइ सबैको हो भन्ने भावना जागृत गराइ अघि बढिरहेको बताए। 

उनले भने, 'अहिले दवाव आएको छ। पर्सी म उपस्थित भइन भने के हुन्छ? कोसी प्रदेशको जस्तो स्थिति  सिर्जना हुने  भएकाले पर्सी  उपस्थित हुनेछु ।  म एम्पाएर हो । खेलाडी होइनँ । कसैको दवावमा पर्दिनँ।' 

 
कुल १ सय १० जना प्रदेश सभासदस्य रहेको बागमतीमा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७ , नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सदस्य रहेका छन्। जसमध्ये वर्तमान सत्तागठबन्धनमा  एमालेका २७, माओवादीको २१ र एकीकृत समाजवादीको ७ गरी जम्मा ५५ सांसद  रहेकोमा हानेपा सरकारमा आएलगतै वर्तमान सरकार जोगाउन ५६ सांसद भएका छन्।  हिजो शुक्रबार नेकपा माओवादी केन्द्र बागमती प्रदेशका प्रमुख सचेतक रत्नप्रसाद ढकालले प्रदेश सभामा विश्वासको मतको प्रस्ताव दर्ता गराएका  थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.