कांग्रेसमा उम्मेदवार चयन गर्ने परिपार्टीमा परिमार्जन आवश्यक छ : महामन्त्री थापा

कांग्रेसमा उम्मेदवार चयन गर्ने परिपार्टीमा परिमार्जन आवश्यक छ : महामन्त्री थापा
सुन्नुहोस्

कपिलवस्तु : निर्वाचनमा उम्मेदवार चयन गर्ने विधि प्रक्रियालाई परिमार्जन गरी तल्लो तहका नेता कार्यकर्ताहरूले नै टिकट दिनसक्ने व्यवस्था कांग्रेसलेगर्नु पर्नेमा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जोड दिएका छन्। 

महिनौंसम्म काठमाडौं बसेर पार्टीका शक्ति केन्द्रहरूमा धाउने, चाकडी गर्ने र टिकट ल्याउने परिपाटीले आम कार्यकर्ताहरूमा निराशा आएको र पार्टीको आधिकारिक उम्मेदवारहरूविरुद्ध विद्रोह हुने गरेको नेता थापाले बताए। 

वडा तहको टिकट वडा तहकै पार्टीका समिति तथा जिम्मेवार नेताहरूले वितरण गर्नसक्ने, पालिका तहको पालिका तहकै, प्रदेश र संघीय सांसदको टिकट प्रदेश तथा संघीय क्षेत्रका समितिहरूको व्यापक छलफल र सरसल्लाहमा वाडिने कार्यविधि निर्माणका लागि आफू केन्द्रीय समितिमा गृहकार्य गरिरहेको नेता थापाले बताए। 

नेपाली कांग्रेसको जन जागरण अभियान अन्र्तगत संवाद यात्रामा निस्केका महामन्त्री थापाले आज कपिलवस्तुको चन्द्रौटामा आयोजित सभालाई सम्वोधन गर्दै टिकट वितरण गर्ने यो नयां परिपाटीबाट केन्द्रतिर मात्रै फर्केका नेताहरू अनि मात्र तल कार्यकर्ता स्तरमा फर्किने दाबी गरे। नेता थापाले जिल्लाको लवनी, तौलिहवा, महाराजगंज लगायतका स्थानमा स्थानीय नेता कार्यकर्ताहरूसंग भेटघाट गरी विभिन्न खाले गुनासो, सुझाव तथा सल्लाहरू संकलन गरेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.