रसुवामा एसईई दिने घट्दै
रसुवा : यसवर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ५ वटा परीक्षा केन्द्रमा ५ सय ७१ जना विद्यार्थीहरू सहभागी हुने भएका छन्। गतवर्ष ७ सय ७० जनाले भाग लिएका थिए। यसवर्ष झण्डै २ सय कम विद्यार्थी सहभागी हुँदैछन्।
शिक्षा विकास तथा समन्वय इकाईका अनुसार जिल्लाभरिका २४ माविका ५ सय ७१ विद्यार्थी एसईईमा भागलिने छन्। जसमध्ये नियमिततर्फबाट ५ सय ५२ जना र आंशिक १९ विद्यार्थी छन्।
प्रतिक्रिया दिनुहोस !
७