लागूऔषधसहित दुई युवक पक्राउ

लागूऔषधसहित दुई युवक पक्राउ
सुन्नुहोस्

महोत्तरी : औरहीबाट प्रहरीले लागूऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका-८ कुसुमका ३० वर्षीय सियाराम महतो र सोही वडाका २० वर्षीय सुबेश शर्मा रहेका छन्। 

इलाका प्रहरी कार्यालय गौशालाका अनुसार उनीहरूलाई प्रहरीले औरही नगरपालिकास्थित विद्युत सवस्टेसनबाट नियन्त्रणमा लिएको हो। बर्दिबासतर्फ जाँदै गरेको लु५९प ६३३७ नम्बरको मोटरसाइकलमा लागूऔषध फेला परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरिएको हो। 

उनीहरूको साथबाट एक्सिप्लोन नामक लागूऔषध ९ बोतल र नाइटेभेट ट्याव्लेट १२ पिस, स्पासमो लेखिएको लागूऔषध ट्याव्लेट १३ पिस, बराबद भएको इलाका प्रहरी कार्यालयका गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए। लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको यादवले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.