बालगुरू ॐ आदित्यमाथि खोजी गर्न विज्ञान क्षेत्रलाई चुनौती छ : ओली

बालगुरू ॐ आदित्यमाथि खोजी गर्न विज्ञान क्षेत्रलाई चुनौती छ : ओली
सुन्नुहोस्

काभ्रे : पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले ॐ आदित्य बाल गुरुको पनि गुरु को हुन् भन्ने कुरा पत्ता लगाउन विज्ञान क्षेत्रलाई चुनौती रहेको बताएका छन्। सोमबार काभ्रेको पनौतीस्थित तेस्रो आदित्य मोक्षधाममा आयोजित काव्य गोष्ठीलाई सम्बोधन गर्दै ओलीले मानव जीवनमा ज्ञानको स्रोत वा गुरू कोही वा कुनै न कुनै हुने भन्दै गुरू आदित्यको ज्ञानको स्रोतबारे अति आश्चर्य रहने अलौकिक शक्ति रहेको बताएका हुन्।

ओलीले उनको आदित्यको ज्ञानको स्रोतबारे खोजी गर्नु पर्ने चुनौती विज्ञान क्षेत्रलाई रहेको उल्लेख गरे।

कार्यक्रममा ओलीले प्रदीप ज्ञवालीको कविताले आफूलाई भूकम्पमा बितेका दिनमा फर्काएको र भावी दिनमा त्यस्तो दिन कहिल्यै नाआओस् भन्ने कामना गरे। उनले भने, ‘मानिसमा ज्ञानका लागि गुरु वा स्रोत चाहिन्छ। बिना स्रोतको ज्ञान सम्भव हुँदैन।’ बाल गुरुले बाटोमा भेट्दै गर्दा एक किताबमा लेखिएको भाषा को प्रसंसा गर्दै ओलीले भने, ‘आदित्यको किताब दराजमा थन्क्याउने होइन, तपाईंको मस्तिष्कमा राख्ने हो।’

null

उनले लेखिएको कुराले आफूलाई छोएको बताए। ‘बाल गुरुमा केही शारीरिक अशक्तता छ, मस्तिष्क, आँखा, ज्ञान प्राप्त गर्ने माध्यम छैन तर एक बालक सधैं स्कूल नगई विभिन्न भाषामा लेखेका उहाँका हरेक भनाइहरु गुरु बचनको रूपमा छन्।’ ओलीले भने, ‘आश्चर्य यो होकी यो अलौकिक क्षमता कहाँ बाट आयो ? विद्वानहरूकोस्तरमा लेखिएका उहाँका शब्द चयन अति उत्कृष्ट र महत्वपूर्ण छ। वैज्ञानिकहरूले खोज अनुसन्धान गर्नु जरुरी छ।’

आदित्यकाबारे धेरै कुरा जान्न विचार र बाणी पर्याप्त भएको भन्दै ओलीले चिन्तन, र अभिव्यक्ति मानव हितको लागि अत्यन्तै उत्कृष्ट रहेको बताए। ओलीले आदित्यको उद्देश्य र सुस्वास्थ्यको कामना गर्दै  विज्ञान क्षेत्रले बाल गुरु आदित्यबारे खोजी गर्नुपर्ने बताए। 

null

कार्यक्रममा क्याप्टेन रामेश्वर थापाले विश्वको आठौं आश्चर्यको रूपमा परिकल्पित र सिर्जना भएको गुरु आदित्यबाट भएको १०८ वटा संरचना सो मोक्ष धामको क्षेत्रमा बन्दै गरेको जानकारी दिए। उनले अहिले एउटा स्तम्भ बन्दै गरेको र सो स्तम्भ निर्माणमा पनि गुरु आदित्यबाट सिक्दै बन्दै गरेको र ८० प्रतिशत काम सकिएको बताए। क्याप्टेन थापाले मोक्षधाम आएर सुझाव दिन अपिल गर्दै यस क्षेत्रको उच्चस्तरीय मानव वस्तीको रूपमा विकास गर्न सहयोग गर्न अपिल समेत गरेका छन्। 

कवि गोष्ठी कार्यक्रममा प्रदीप ज्ञवालीले एक्लो परेवा शीर्षकको कविता वाचन गरेका थिए। कार्यक्रममा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वअर्थमन्त्री विष्णु पौडेल, पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा, पूर्वमन्त्री रेशम लामा, ॐ आदि फउण्डेसनको अध्यक्ष उपेन्द्र महतो, धुलिखेल नगरपालिका मेयर अशोककुमार ब्यन्जु, पनौती नगरपालिका मेयर रामशरण भण्डारी, पनौती नगरपालिका पूर्वमेयर भिम न्यौपाने लगायतको उपस्थिति थियो।

गोष्ठीमा सहभागी रहेका वरिष्ठ साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठको जरामा जीवन वृत्ति ५२ वटा कला संयोजन लाई प्रदर्शन गरिएको थियो। कार्यक्रममा विभिन्न शीर्षकमा तीन दर्जन कवि साहित्यकारले आफ्नो प्रस्तुति दिएका थिए।

 nullnull
 

यो पनि पढ्नुहोस्


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.