बीपी राजमार्गका ११ पसल कारबाहीमा

बीपी राजमार्गका ११ पसल कारबाहीमा
सुन्नुहोस्

काभ्रे : बीपी राजमार्गमा बजार अनुगमन गरिएको छ। उद्योग तथा वाणिज्य कार्यालय धुलिखेल र जिल्ला प्रशासन कार्यालय काभ्रेले संयुक्त रूपमा बजार अनुगमन गरिएको हो।  स्थानीयको जनगुनासो धेरै आएपछि बीपी राजमार्गमा रहेका होटल, खाजा घर र किराना पसलमा अनुगमन गरिएको थियो। राजमार्गका १३ होटल र एउटा खाद्यान्न किराना पसल अनुगमन गरिएको वाणिज्य कार्यालयका निमित्त प्रमुख यज्ञबहादुर ओलीले जानकारी दिए। अनुगमनका क्रममा ११ पसल तथा होटललाई जरिवना गरिएको ओलीले जनाए। अनुगमनको क्रममा न्यूनतम ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवना गरिएको थियो। अनुमतिबिना होटल सञ्चालन गर्ने उद्धव थापा र हरिशरण घोरासैनीलाई २० हजार रुपैयाँ जरिवना गरिएको ओलीले जानकारी दिए। अनुगमनमा अन्य ९ खाजा घर र किराना पसललाई ५ हजार रुपैयाँका दरले जरिवाना गरिएको उनले सुनाए। बजार अनुगमनबाट ८५ हजार रुपैयाँ राजस्व संकलन भएको वाणिज्य कार्यालयले जनाएको छ।  

अनुगमनका क्रममा व्यवसाय स्थलमा अनिवार्य रूपमा मुख्य सूची टाँस्न सुझाव दिइएको, म्याद नाघेका सामानको उचित ब्यवस्थापन गर्न सुझाव दिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले जानकारी दिए। काभ्रे हुँदै पूर्व जाने यात्रुको जनगुनासोलाई मध्यनजर गरेर अनुगमन गरिएको पौडेलले बताए। जनगुनासोलाई मध्यनजर गरेर बीपी राजमार्गमा अनुगमन सुरु गरिएको उनले सुनाए। 

अनुगमनको क्रममा नवीकरण गर्न लगाइएको, होटल व्यवसायको किचन व्यवस्थापन तथा सरसफाइ ध्यान दिन सचेत गराइएको, फ्रिजभित्र खाद्य सामग्री राख्दा तापक्रम मिलाएर राख्न सल्लाह दिइएको अनुगमनका क्रममा चाउमिन, फ्यान्टा, कोकाकोला, सानो कोकलगायतका सामान जफत गरी नष्ट गरिएको ओलीले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.