दिलीप महतोलाई पर्यावरण सहिद घोषणाको माग गर्दै राजमार्ग अवरोध

दिलीप महतोलाई पर्यावरण सहिद घोषणाको माग गर्दै राजमार्ग अवरोध
सुन्नुहोस्

ढल्केबर : क्रसर माफियाबाट मारिएका पर्यावरण अभियन्ता दिलीप भनिने ओमप्रकाश महतोलाई पर्यावरण सहिद घोषणा गर्नुपर्ने माग गर्दै पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गरिएको छ। शनिबार धनुषाको ढल्केबरमा पीडित परिवार र सामाजिक अभियन्ताहरूले राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्।

दिलीपलाई पर्यावरण सहिद घोषणा गर्नुपर्ने माग गर्दै प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका उनीहरूले करिब आधा घण्टा पूर्वपश्चिम लोकमार्ग पूर्णरूपले अवरुद्ध पारेका थिए।

दिलीप महतोलाई सहिद घोषणा गर्नुपर्ने माग गर्दै उनको परिवार केही दिन अघिमात्रै काठमाडौं पुगेर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई ज्ञापनपत्र बुझाएका थिए। उनीहरूले ज्ञापनपत्र बुझाउँदै सहिद घोषणाको मागसँगै पुनः अनुसन्धानको पनि माग राखेका छन्। 

दिलीप महतोलाई पर्यावरण शहिद घोषणा गर्न र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संसद्मा समेत आवाज उठाएका छन्। पूर्वराष्ट्रपति रामवरण यादवले पनि दिलीप महतोलाई पर्यावरण सहिद घोषणा गर्न सरकारसँग माग आग्रह गर्दै आएको छ।

२५ पुस २०७६ को झिसमिसे बिहानीमा धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलीपलाई क्रसर डनले क्रुर हत्या गरेका थिए। क्रसर गुण्डाले दिलीपलाई कोखमा‘लिभर’प्रहार गरी सख्त घाइते बनाएर टिपरले किचेर हत्या गरेका थिए। चुरे दोहन रोक्नुपर्ने, अबैध उत्खनन र क्रसर उद्योग बन्द गर्नुपर्ने उनको चोटिलो आवाज खोला तस्करको तारोमा परेर दिलिपको हत्या गरिएको थियो।

त्यसयता दिलीपका परिवार र चुरे अभियन्ताहरू दोषीलाई कडा सजाय र दिलीपलाई पर्यावरण सहिद घोषणाको माग गर्दै गाउँदेखि राजधानीसम्म संघर्ष गरिरहेका छन्।

दिलिप हत्या मुद्दामा धनुषा जिल्ला अदालतले तीनजनालाई दोषी ठहर गरिसकेको छ। जिल्ला अदालतले गत फागुन १२ गते मुख्य योजनाकार चुरियाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र कामदार मुनिन्द्र महतोलाई २५–२५ वर्ष कैद र ५–५ लाख क्षतिपूर्ति तिर्न फैसला सुनाइएको थियो। 

जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले गरेको उक्त फैसलालाई उच्च अदालत जनकपुरका न्यायनधीशद्वय महेन्द्रनाथ उपाध्याय र ध्रुवकुमार पियाको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई सदर गरिदिएको छ।

‘महतोलाई पर्यावरण सहिद घोषणा गर्नुपर्छ’

पूर्वराष्ट्रिपति डा. रामवरण यादवले स्वर्गीय दिलीप महतोलाई पर्यावरण सहिद घोषणा गर्नुपर्ने बताएका छन्। स्वर्गीय दिलीपले चुरे तथा वातावरण संरक्षणका लागि बलिदानी दिएकाले उनको सम्मानका लागि सरकारले शहिद घोषणा गर्नुपर्ने उनले बताए। 

ललितपुरको भैंसेपार्टीस्थित पूर्वराष्ट्रपति डा. यादवको निवासमा दिलीपका परिवारजनले ज्ञापनपत्र बुझाउन गएका थिए। ज्ञापन पत्र बुझ्दै पूर्वराष्ट्रपति यादवले स्वर्गीय दिलीपले चुरे दोहन रोक्न आवाज उठाएकै कारणले उनलाई क्रसर माफियाले हत्या गरेको बताएका थिए। २०७६ पुस २५ गते इन्जिनियर पढ्दै गरेको धनुषाको श्रीपुरका दिलीपलाई क्रसर डनले औरही खोलामा टिपर चढाएर निमर्म हत्या गरेका थिए।

शुक्रबार पीडित परिवारका सदस्यहरूले पूर्वराष्ट्रपतिलाई ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका थिए। उनीहरूले सहिद घोषणाको मागसँगै घटनाको पुनः अनुसन्धानका लागि पनि माग गरेका थिए। 

घटनाका मुख्य योजनाकारहरू अझै कारबाहीको दायरामा नआएकाले उच्चस्तरीय छानबिन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने, दिलीपको हत्या भएको क्रसरसहित देशभरका अवैधानिक क्रसर उद्योग बन्द गराउनुपर्ने पीडित परिवारको माग छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.