विपी राजमार्गमा सञ्चालित ११ पसललाई जरिवाना

विपी राजमार्गमा सञ्चालित ११ पसललाई जरिवाना
सुन्नुहोस्

काभ्रे : विपी राजमार्गमा सञ्चालित ११ पसललाई जरिवाना गरिएको छ। उद्योग तथा वाणिज्य कार्यालय धुलिखेल र जिल्ला प्रशासन कार्यालयले बिहीबार संयुक्तरुपमा बजार अनुगमन गरेर प्रतिपसल ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना गराएको हो। 

जनगुनासो धेरै आएपछि विपी राजमार्गमा रहेको होटल, खाजा घर र किराना पसलहरूमा अनुगमन गरिएको हो। राजमार्गमा १३ वटा होटल र एउटा खाद्यान्न किराना पसल अनुगन गरिएको उद्योग तथा वाणिज्य कार्यालयका निमित्त प्रमुख यज्ञबहादुर ओलीले बताए। 

अनुमतिविना सञ्चालन भएका दुईवटा होटललाई २० हजार जरिवाना गरिएको ओलीले जानकारी दिए। अनुगमनमा अन्य ९ वटा खाजा घर र किराना पसललाई ५ हजारको दरले जरिवाना गरिएको उनले बताए। सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले पसलमा मूल्यसूची राख्न र म्याद नाघेका सामानहरूको उचित व्यवस्थापन गर्न आग्रह गरिएको बताए। उनका अनुसार अनुगमनका क्रममा टोलीले फर्म दर्ता गर्न तथा नवीकरण गर्न, होटलको सरसफाइमा ध्यान दिन र तामक्रम मिलाएर सामग्री राख्न सुझाव दिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी पौडेल, कोष तथा लेखा नियन्त्रक कार्यालय काभ्रेका अधिकृत चतुर्भुज तिमल्सिना, उद्योग तथा वाणिज्य कार्यालयका निमित्त प्रमुख ओली लगायत विभिन्न कार्यालयका प्रतिनिधिहरूको टोलीले अनुगमन गरेको हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.