नेपाल वृद्धवृद्धाको देश बन्दैछ छ : राजेन्द्र महतो
गुलरिया : नेता राजेन्द्र महतोले नश्लवादी चिन्तन बोकेका सरकारले नेपाली युवाहरूलाई विदेशीन बाध्य पारेर नेपाल वृद्धवृद्धाको देश बन्दै गइरहेको बताएका छन्। देश दौडाहामा निस्किएका उनले बर्दियाको गुलरियामा पत्रकार भेटघाटमा अहिलेको ब्यवस्थाले देश डुबाएको बताए।
नेपालको राणा शासन, राजतन्त्रलाई गाली गर्नु निरर्थक हुने बताउँदै उनले जहानियाँ तन्त्र तथा निरंकुश तन्त्रमा तत्कालीन ब्यवस्था अनुरुप देश चलेको स्मरण गराए। लोकतान्त्रिक गणतन्त्रले देश डुबाएको दाबी गर्दै नेता महतोले ३४ वर्षीय नयाँ व्यवस्थाले कुनै उपलब्धि नदिएको प्रष्ट्याए। नश्लवादी चिन्तन बोकेका दलहरूको शासन ब्यवस्थाका कारण देश डुब्ने तयारीमा हुँदा नेपालीहरू विदेशीन बाध्य पारिएको उनको भनाइ छ।