विराटनगरमा स्टाफ नर्सको हत्या

विराटनगरमा स्टाफ नर्सको हत्या

विराटनगर : विराटनगरमा हत्या गरेको अवस्थामा स्टाफ नर्सको शव फेला परेको छ। विराटनगर महानगरपालिका-४ मा डेरा बस्दै आएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। 

उनका अनुसार दास विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स हुन्। सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पताल नजिक विराटनगर-४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन्। डेरा बसेको घरको कोठाभित्रको शौचालयमा दिउँसो १२ बजेतिर शव फेला परेको दाहालले बताए । 

उनका अनुसार धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि शौचालयमा फालेको अवस्थामा शव भेटिएको हो। दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ। 

हत्यामा संलग्नको पहिचान खुल्न बाँकी छ। घटनामा संलग्न हत्यापछि शव छाडेर फरार भएको पाइएको डीएसपी दाहालले बताए। घटनास्थलमा डीएसपी दाहाल नेतृत्वको टोली पुगेको छ। घटनाको अनुसन्धान सुरु गरेर हत्यामा संलग्नको खोजी थालिएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.