मध्यमा परिक्रमाका यात्री आज जलेश्वरमा

मध्यमा परिक्रमाका यात्री आज जलेश्वरमा
सुन्नुहोस्

जलेश्वर : मिथिलाको महाकुम्भ मानिने मिथिला मध्यमा परिक्रमा अन्तरगतका यात्रीहरु आज बिहानै जिल्ला सदरमुकाम जलेश्वर आइपुगेका छन्। बुधबार साँझ महोत्तरीकै मटिहानीमा विश्राम गरेका यात्रीहरु आज बिहान जलेश्वर आइपुगेका हुन्।

परिक्रमामा सहभागीका लागि वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले पन्ध्रवटै विश्रामस्थलमा विजुली, खानेपानीलगायतका आवश्यक पूर्वाधारको व्यवस्था मिलाएको छ। परिक्रमावासीहरु राति गाउँभन्दा टाढा खुला चौर, बगैचा वा पोखरीको डिलमा विश्राम गर्ने गर्दछन्। स्थानीय बासिन्दाहरुले पनि सहभागीहरुका लागि अन्न, दाउराको प्रबन्ध मिलाउँछन्।

नेपाल भारत दुबै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सदभावको प्रतीक बनेको यस परिक्रमा यात्रामा नेपालको १३ तथा भारतको २ गरी जम्मा १५ वटा विश्रामस्थल रहेका छन्। यस यात्राका सहयात्रीले नेपालका १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिमा पैदलयात्रा तय गर्ने परम्परा रहेको छ।

मिथिला महात्म्यअनुसार १८ औं शताब्दीदेखि यो धार्मिक यात्रालाई मिथिलाञ्चलमा मध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएका छ। प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारवटै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ।

जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी अर्थात् भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मिथिला मध्यमिकी परिक्रमा विधिवत रुपमा सुरु भएको थियो।

परिक्रमामा सहभागीहरु क्रमशः जलेश्वर हुँदै मडै, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र त्यसपछि पूर्णीमाका दिन जनकपुरधाम फर्कने परम्परा रहेको छ।

फागु पुर्णिमाका दिन अन्तगृह परिक्रमा समाप्त भएपछि त्यसको भोलिपल्ट तराईका जिल्लाहरुमा होली मनाउने परम्परा छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.