बागमतीमा विशेष समितिको प्रतिवेदन पारित

बागमतीमा विशेष समितिको प्रतिवेदन पारित
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेश सभाबाट आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन समितिको विशेष प्रतिवेदन पारित भएको छ। बुधबार बसेको बैठकले सो प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो। 

बैठकमा विशेष समितिको प्रतिवेदनमाथि बोल्दै प्रदेश सभा सदस्य केशव प्रसाद पोखरेलले प्रदेशलाई सुशासन, जनताप्रति जवाफदेही बनाउँदै अब सन्तुलित बजेटलाई निरन्तरता दिन आवश्यक भएकोले सो प्रतिवेदन सबै संसदको साँझा सम्पति भएको बताए। 

त्यस्तै सदस्य मधुकुमार श्रेष्ठले प्रदेश सरकारलाई बजेटमा पारदर्शी बनाउँदै निष्पक्ष ढंगबाट जनताको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्न यसले सहयोग पुर्‍याउने बताए।

सदस्य भरतबहादुर केसीले प्रदेश सरकारले बजेट विनियोजन गर्दा जनताप्रति जवाफदेही हुने खालको योजनालाई प्राथमिकता दिई पहल गर्नुपर्ने सुझाव दिए। प्रतिवेदन पारित भएसँगै सभामुख भुवनकुमार पाठकले अर्को सूचना जारी नभएसम्मका लागि आजको बैठक स्थगित गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.