बागमती प्रदेश सभाको बैठकमा विशेष समितिको प्रतिवेदन पेश

बागमती प्रदेश सभाको बैठकमा विशेष समितिको प्रतिवेदन पेश
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेश सभाको आज अपराह्न बसेको बैठकमा बजेट तथा कार्यक्रम विशेष समितिको संयोजक गोविन्दप्रसाद लम्सालले विशेष समितिको प्रतिवेदन प्रस्ताव संसदमा टेबुल गरेका छन्। 

त्यस्तै आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश हस्तकला ग्रामको स्थापना तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० को दफाबार छलफलका लागि उद्योग, पर्यटन तथा वातावरण समितिमा पठाइयोस् भनी प्रस्ताव पेश गरेका छन्।

आजको बैठकले उक्त प्रस्तावलाई उद्योग, पर्यटन, वातावरण समितिमा पठाउन अनुमति प्रदान गरेको छ। सभामुख पाठकले बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माको कार्यालयबाट मुख्यमन्त्री जम्कट्टेललाई कार्यभार सम्हाल्ने विषयको पत्र प्राप्त भएको जानकारी गराएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.