हेटौंडाका विपन्न १९ छात्रालाई जापानमा निःशुल्क अध्ययनको व्यवस्था

हेटौंडाका विपन्न १९ छात्रालाई जापानमा निःशुल्क अध्ययनको व्यवस्था
सुन्नुहोस्

हेटौंडा : हेटौंडा उपमहानगरपालिकामा स्थायी बसोबास गर्ने १९ जना विपन्न छात्रालाई निःशुल्क रुपमा अध्ययनका लागि जापान पठाइने भएको छ।

जापानको फुकोउकास्थित क्यूसु मेडिकल स्पोट्स भोकेशनल विद्यालयले हेटौंडा उपमहानगरपालिकाको प्रत्येक वडाका एक/एक जना विपन्न छात्राहरूलाई अध्ययनका लागि सत प्रतिशत छात्रवृत्तिको व्यवस्था मिलाउने भएको हो। 

जापानस्थित उक्त विद्यालयका प्रमुख र उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँबीच केही दिनअघि विपन्न छात्राहरूलाई छात्रवृत्तिमार्फत् जापान अध्ययनका लागि पठाउने विषयमा सहमति भएको उपमहानगरपालिकाले जनाएको छ। 

छलफलमा जापानस्थित विद्यालयका समन्वयकारी भूमिकामा रहेका सागर सापकोटाले कक्षा १२ पास गरेका र आर्थिक रुपले विपन्न १९ जना छात्रालाई सत प्रतिशत छात्रवृत्ति दिएर केयर गिभरको कोर्ष अध्ययनको प्रबन्ध मिलाउने बताए।

उनले भने, ‘हामी ३ वर्षे कोर्षका लागि निःशुल्क छात्रवृत्ति दिएर छात्राहरूलाई जापानमा अध्ययनको प्रबन्ध मिलाउँछौँ। जसले गर्दा उहाँहरूले आर्थिक अभावका कारण अध्ययन छाड्नुपर्ने अवस्था पनि रहँदैन। त्यहाँ विभिन्न ज्ञान सिप आर्जन गरी उहाँहरू भविष्यमा पुनः नेपाल फर्किएर केही गर्न सक्ने दक्ष जनशक्ति बन्नुहुनेछ।’

सापकोटाले त्यसका लागि उपमहानगरपालिकाले आर्थिक रुपमा विपन्न छात्राहरूको पहिचान गरी कम्तिमा पनि जापनिज भाषा अध्ययनको प्रबन्ध मिलाइदिनुपर्ने बताए। उपमेयर राजेश बानियाँले विपन्न छात्राहरूका लागि यो राम्रो अवसर भएको र उपमहानगरपालिकाले त्यसका लागि आवश्यक तयारी भइरहेको बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.