चाँढै ओइलियो गुराँस

चाँढै ओइलियो गुराँस
तस्बिर : हेमनाथ खतिवडा।
सुन्नुहोस्

रसुवा : न हिउँ पर्‍यो न पानी। यसपटक चाँढै फूलेको लालीगुराँस चैत नलाग्दै झर्न थाल्यो। हिमाली क्षेत्रमा चैत वैशाखमा लटसम्म फल फूलेर रङ्गिन देखिन्थ्यो। 

अन्य वर्षभन्दा पुसमै फूलेको लालीगुराँस राम्ररी फक्रन पाएन। यस वर्ष न पानी पर्‍यो न हिउँ नै पर्‍यो त्यसैले फागुनमै ओइलिएर झरेको हो। लाङटाङ राष्ट्रिय निकुञ्जको जंगलमा पर्यटक आउने मौसम अगावै लालीगुराँसको फूल आइलिन थालेको छ। 

जैविक विवधिताका लागि समे निकै महत्वपूर्ण मानिएको लाङटाङ राष्ट्रिय निकुन्ज तथा मध्यवर्ती पहाडीदेखि उत्तरी हिमाली क्षेत्रसम्म विभिन्न रङका फूलहरु पाइन्छ। पासाङल्यामु सडकमार्गमा पर्ने ग्राङ, राम्चे, ठाडे,धून्चेलगायतका ठाउँमा गाडीबाटै रात्तामै लालीगुराँसले  यात्राका क्रममा गाडीबाटै देखिन्छ। 

वनमा रातो, सेतो, फिक्का,गूलावी, फिक्का रातो, लगायत दर्जन रङका लालीगुराँस लटरम्मै फूलेको देख्न सकिन्छ। यहाँका फूलको व्यापार नभएता पनि परम्परागत रुपमा विभिन्न स्थानमा गुराँसफूलका पत्रहरु जडिबुटी औषधिका रुपमा निर्यात गरिन्छ। भने फूललाई स्थानीय गाउँमा घरेलु औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ।

नेपालमा पाइने मध्ये १२ प्रजाती र रसुवामा मात्र पाइने रैथाने २ जाती गरी १४ प्रजातिका गुराँस पाइन्छ। गोसाइकुण्ड गाउँपालिका –५ ठूलोस्याफ्रुका सुब्बा तामाङले भने यस वर्ष पर्याप्त पानी र हिउँ नपरेकोले राम्रारी फुलेन।  पर्यटकीय क्षेत्र लाङटाङ, गोसाइकुण्ड पदयात्रा मार्गका जंगलमा चैत वैशाखसम्म विभिन्न रङ्गीचङ्गी लालीगुराँस फूल फूलेर ढकमक्क देखिन्थ्यो। मौसममा यहाँ आउने विदेशी तथा स्वदेशी पर्यटक रमाएर फोटो खिच्थे। यस वर्ष चाँढै फलेकोले र हिउँदमा हिउँ तथा पानी कम परेकोले फागुनमै ओइलिन थालेको स्थानीय सिमेन तामाङ बताउँछन्। 

कालिका गाउँपालिका–२ को स्याउबारी मध्यवर्ती सामुदायिक वन तथा विभिन्न जंगलमा पनि चाँढै फूलेरको लालीगुराँस यसवर्ष चाँढै आइलिएर झरेको छ। सदरमुकाम धुन्चे आसपासमा रहेको जंगलमा पनि चाँढै लालीगुराँस सुकेर चाँढै आइलिएको छ। लालीगुराँस टिपेर मञ्च तथा मन्दिर सजाउने, पुजा गर्ने बालबालिकाहरुले बेच्ने तथा केहीले स्वादिष्ट सर्वत बनाएर बिक्री गर्ने गर्दछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.