गर्भवतीलाई पौष्टिक आहार वितरण

गर्भवतीलाई पौष्टिक आहार वितरण
सुन्नुहोस्

मकवानपुर : भौगोलिक रुपमा विकट मानिएको कैलाश गाउँपालिकाले गर्भावस्थामा उचित पोषणको अभाव हुन नदिन स्थानीय गर्भवतीहरुलाई पौष्टिक आहार वितरण गरेको छ। कैलाश–७ ताम्लाङमा रहेको ङिको स्वास्थ्य चौकीमा आज स्थानीय गर्भवतीलाई १२ थरीका ‘पौष्टिक प्रवर्द्धन कोसेली’को प्याकेट वितरण गरिएको हो।

 
पालिकाले विगत ३ दिनमा ८० जना गर्भवती महिलालाई आमा र गर्भमा रहेको बच्चालाई आवश्यक पर्ने कार्बोहाइडेट, प्रोटिन, भिटामिन र मिनरलयुक्त आहार वितरण गर्नुका साथै निःशुल्क स्वास्थ्य जाँचसमेत गरेको छ। पालिकाले पौष्टिक आहार वितरण कार्यक्रमलाई निरन्तरता दिइरहेको छ।

पोषणको अभावका कारण आमा र जन्मने नवशिशुको स्वास्थ्यमा असर पर्ने र दुवैको मृत्युसमेत हुनसक्ने भएकाले त्यसलाई रोक्न पालिकाले गर्भवती पोषण प्रवर्द्धन तथा रक्षा कार्यक्रम अघि सारेको अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए। 

‘हामीले पालिका भित्रका सबै वडाका गर्भवतीलाई महिनैपिच्छे पौष्टिक आहार वितरण गरिरहेका छौँ। गर्भवतीले ८ पटक स्वास्थ्य जाँच गराउनुपर्ने हुन्छ। जाँच गराउन स्वास्थ्यचौकी आउँदा हामीले उहाँहरुलाई एक महिनासम्म पुग्नेगरी प्याकेट हस्तान्तरण गर्ने गरेका छौँ। अर्को महिना जाँच गराउन आउँदा पुनः प्याकेट हस्तान्तरण गर्छौँ। स्वास्थ्य जाँच पनि निःशुल्क हुन्छ, स्वास्थ्य जाँच गराउनेले मात्रै प्याकेट पाउँछन्’, उनले भने। 

पौष्टिक आहारको प्याकेट पाइने भएपछि स्वास्थ्य जाँच गर्न आउने गर्भवती महिलाको संख्या पनि बढेको कैलाश-७ का वडाध्यक्ष उदासकुमार भोलनले बताए। सीमान्तकृत चेपाङसँगै तामाङ, मगरलगायतको बाहुल्यता रहेको कैलाशमा भौगोलिक विकटता र अशिक्षाका कारण स्वास्थ्य जाँचका लागि स्वास्थ्य चौकी आउने महिलाको संख्या यसअघि न्यून थियो। 

गाउँपालिको प्रसूति गराउन स्वास्थ्यचौकी आउनेलाई ४ हजार ८ सय रुपैयाँ, बच्चा र आमाका लागि न्यानो कपडा वितरण गर्दै आएको छ। साथै गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवाको समेत प्रबन्ध मिलाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.